2

Logo २०८३ बैशाख १३ आइतबार
नस्ल सुधारका लागि गुल्मीबाट ल्याइएको उन्नत जातको बोका बितरण

नस्ल सुधारका लागि गुल्मीबाट ल्याइएको उन्नत जातको बोका बितरण


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ३ २०८०
1.6K

पाल्पा ।

रामपुर नगरपालिकाका दश वटै वडामा गठित समुहलााई उन्नत जातको विउ बोका वितरण गरिएको छ ।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज नेपालको सहजिकरणमा संचालित कार्यक्रम अन्तर्गत नस्ल सुधारको लागि उन्नत जातको बोयर क्रस बोका वितरण गरेको नगरपालिकाले जनाएको छ ।

रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत नगर भित्र सबै वडामा गठन भएका २१ वटा उपहार समुहलाई २१ वटा उन्नत जातको विउ बोका वितरण गरेको कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ८ कोल्टारमा व्याडे बाख्रा वितरण गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले नस्ल सुधारका लागि वितरण गरेको बिउ बोकाबाट उत्पादनमा बृद्धि  गरि व्यवसायी बन्न किसानलाई आग्रह गर्नुभयो । उहाँले उन्नत जातका बाख्रा पालन गरि नगरलाई मासुमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले नगरले बाडेको बीउ बाख्राबाट धेरै उत्पादन गरि फाइदा लिएर व्यबसायिक बन्न अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यले विउको रुपमा पाएको बोकाको राम्रो हेरचाह गर्न र उन्नत जातका बाख्रा पालन गरि आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका प्राविधिक संयोजक क्षितिज विक्रम खाँणले विउ बोकाको बारेमा जानकारी गराँउदै आहार विहार र स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यको अध्यक्षता र रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारको संचालनमा कार्यक्रम  भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com