2

Logo २०८३ बैशाख १३ आइतबार
तालपोखरा विशेष कार्यक्रममा झुमे दर्शक

तालपोखरा विशेष कार्यक्रममा झुमे दर्शक


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख १ २०८०
1.3K

पाल्पा

पाल्पाको पर्यटकीय तालपोखरामा आयोजित नयाँवर्ष विशेष कार्यक्रममा दर्शक झुमेका छन् ।

तालपोखराको विकासको लागि नयाँ बर्षको अबसर पारेर भएको कार्यक्रममा चर्चित कलाकार गायिका कला लम्साल, मन्जु पौडेल, कृष्ण सुवेदी र सन्कल्प सापकोटाले दर्शकलाई आफ्नो प्रस्तुतिले झुमाएका थिए । अबेर शुरु भएको कार्यक्रममा ढिलो गरि नै मन्च तातेको थियो । मन्जु पौडेलले स्टेजको जिम्मा लिएपछी गायक गायिकाको लगातारको प्रस्तुतिमा दर्शकले साथ दिएका थिए । साझ पर्दै जादा तात्दै गएको माहोलले दर्शक र कलाकारलाई एक आपसमा झुमाएको थियो ।

तालपोखराको ताल छेउमै भएको कार्यक्रममा रमाइलो हेर्न र तालमा डुङ्गा शयर गर्नेहरु झुम्मिएका थिए । बिहान सबेरैदेखि डुङ्गा चढ्नेहरु र मन्दिर दर्शन गर्नेहरु देखिन्थे ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेश सदस्य राजु प्रसाद श्रेष्ठले रामपुरको विकासमा तालपोखराको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । यहाँको विकासमा काम भइरएको छ, म पनि गर्नेछु उहाँले भन्नुभयो । श्रेष्ठले अब तालपोखरा संरक्षण समितिले तालमा पानी व्यबस्थापन, आउने जाने मोटरबाटो, ताललाई आधुनिक डुङ्गाबाट चलाउने काममा योजनामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

साम्सद श्रेष्ठले नजिकको कालीगण्डकी नदीको संरक्षण र विकास डाइभर्सन नगरी पानी जाहज चलाउने कामको डिपिआर भएको बताउनुभयो । उहाँले तालपोखरा केन्द्र,  प्रदेश र  स्थानीय सरकारले हेरिरहेको बताउदै चिन्ता होइन चिन्तन गर्ने बेला आएको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रबक्ता कपिल बहादुर खाणले नगरको गौरव तालपोखरालाई स्थानीय सरकारले निरन्तर सहयोग  आएको बताउनुभयो ।

तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सदस्य जनक भण्डारीले गर्नुभएको थियो भने उपाध्यक्ष मित्रा ढकालले स्वागत गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com