2

Logo २०८३ बैशाख १४ सोमबार
आजदेखि नयाँबर्ष २०८० शुरु, नजिकका नदी तलाउमा स्नान गर्नेको घुइँचो

आजदेखि नयाँबर्ष २०८० शुरु, नजिकका नदी तलाउमा स्नान गर्नेको घुइँचो


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख १ २०८०
526

काठमाडौं ।

आज देखि नयाँ वर्ष २०८० शुरु भएको छ । विक्रम संम्वत अनुसार हरेक वैशाख महिनाको १ गते मेख सक्रान्ति देखि नयाँ वर्ष सुरु हुन्छ ।

नयाँ बर्षलाई नेपालीले पर्वका रुपमा लिने गर्दछ्न् । बिहानै देखि नदी, तालतलैयामा स्नान गर्नेहरुको भिडभाड छ । घरमा नुवाईधुवाई गरि नदीमा स्नान गर्ने र एकआपसमा शुभकामना साटासाट गर्दै मीठो चोखो खाने प्रचलन छ ।

नयाँ बर्षका दिन राम्रो र रमाइलो गरे बर्ष भरी नै राम्रो हुन्छ भन्ने मान्यतामा बिबिध स्थानमा मेला लाग्ने र बनभोज जाने गर्दछ्न् । सरकारले आज सार्वजनिक बिदा दिने गर्दछ । नयाँ वर्ष २०८० को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदान प्रदान गरिदैछ ।

साथै विगत वर्षमा भएको तीता मिठा घटना तथा आपद् विपद् जस्ता अशुभ घडी यस वर्षमा नआओस् र सबैमा हर्षखुशी तथा शुभसमय छाइरहोस् भन्ने कामना गरिन्छ । नेपाली समाजमा प्रचलित सौर्यमानको आधारमा गते बार र चन्द्रमानको आधारमा तिथि पर्व निर्धारण गरिएको नेपाली पात्रो यसै दिनदेखि परिवर्तन गरिन्छ ।

विक्रम संवत प्राचीन भारतवर्षका राजा विक्रमादित्यले प्रचलनमा ल्याएका हुन् । नेपालमा महत्वका साथ प्रयोग गरिने यो संवत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । यो अङ्ग्रेजी पात्रोको इस्वी संवतभन्दा अगाडि छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com