2

Logo २०८३ बैशाख १५ मंगलबार
रामपुर साना शहरी खानेपानीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

रामपुर साना शहरी खानेपानीको छैठौं वार्षिक साधारण सभा सम्पन्न


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख १ २०८०
946

पाल्पा ।

साधारण सभाको उट्घाटन गर्दै पाल्पा १ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले रामपुर खानेपानी जस्ता सामाजिक संस्थाको एकताको खाचो रहेको बताउनुभयो ।  समुदायस्तरबाट भएका प्रयासले सफलता पाएको छ उहाँले भन्नुभयो- गण्डकी बेशी क्षेत्रको ध्यान खिच्ने गरी विकासका योजना अघि बढाउने तर्फ जोड दिनुपर्छ ।

लुम्बिनी प्रदेशका पूर्व सांसद युवराज खनालले रामपुरको विकासको लागि खानेपानी योजनाको ठूलो भुमिका रहेको भन्दै अब सरसफाईको लागि टोलविकास संस्थालाई सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले खानेपानी सहज र सुलभ बनाउन नगरपालिकाले पहल गर्ने बताउनुभयो । नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराईले खानेपानीको दिर्घकालिन व्यवस्था गर्न नगरका दलको साथ र सहयोग रहने बताउनुभयो । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घखाँचीका इन्जिनियर योगेन्द्र यादवले शुद्ध खानेपानीका लागि प्रविधिक सहयोगका लागि तप्पर रहेको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले खानेपानीको आपूर्ति बढाउन खोलानाला तथा अन्य विकल्प सोच्ने समय आएको बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष कमलराज भट्टराई, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व उपाध्यक्ष हुमनाथ न्यौपाने, उपभोक्ता विष्णु प्रसाद बस्याल र कमला रेग्मीले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सञ्चालक समिति अध्यक्ष राजु प्रसाद श्रेष्ठले रामपुर खानेपानी नगरकै गौरवको आयोजना भएकोले खानेपानी योजनाको क्षमता वृद्धि गर्न थप योजनाको लागि २५ करोडको डिपिआर तयार गरि प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले खानेपानीको अधिकांश पाईप सडकमा पर्दा चुनौती देखिएको जानकारी दिनुभयो । ३ हजार २ सय घरधुरीको लागि सञ्चालन भएको संस्थामा अहिले ३ हजार ८ सय ४६ उपभोक्ता सदस्य रहेको छ । अब ७ हजार धारा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले आर्थिक वर्ष २०७८/०७९ को ५ करोड ९७ लाख ४ हजार ८१ रुपैयाँ ३१ पैसा बराबरको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष हजिल दिन मियाँको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई सदस्य कमल सेनले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव शालिकराम सिग्देलले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com