माथागढी १ चिदीपानीका विद्यालयलाई उत्प्रेरणा कक्षा
पाल्पा ।
शिक्षक, विद्यार्थी र अभिभावकमा शैक्षिक उत्प्रेणा बढाउन माथागढी गाउँपालिका वडा न १ चिदीपानी वडा कार्यालयले सौभाग्य माबिमा उत्प्रेरणा विकास प्रशिक्षण गरेको छ ।
सौभाग्य माबिको सह आयोजनामा चिदीपानीमा रहेका ७ विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई २ दिने उत्प्रेरणा कक्षा चलाएको हो । कार्यक्रममा वडा अध्यक्ष एवम् सौभाग्य मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले विद्यालयहरुको गुणस्तर सुधार र सरकारी विद्यालयमा अभिभावक, विद्यार्थिको आकर्षणको केन्द्र बनाउन शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
चैत्र २७ र २८ गते चलेको उत्प्रेरणा सम्बन्धि प्रशिक्षण बरिस्ठ प्रशिक्षक डा. तारा प्रसाद गिरीले गर्नुभएको थियो।विद्यालय सुधार गर्न विद्यार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहने भएकोले यो प्रशिक्षण उपलब्धि मुलक भएको सौभाग्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद खनालले बताउनुभयो।
कलिला बालबालिकालाई सही शिक्षा र संस्कार, परिवार, समाज र देशमा सकारात्मक परिवर्तन अभिभावक, शिक्षक र विद्यार्थीले पूरा गर्नुपर्ने दायित्व, उनीहरूले दैनिक सुधार गर्नुपर्ने आनीबानी, महान व्यक्तिका जीवनबाट पाइने शिक्षाका बारेमा तारा जीले महत्त्वपूर्ण प्रशिक्षण दिनुभएको हो।
प्रशिक्षणमा विद्यालयहरुका कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थी,अभिभावक तथा शिक्षक गरि ८०० जनाको सहभागिता थियो ।
सौभाग्य मा बि, जाउपोखरा आधारभुत विद्यालय,आदर्श आधारभुत विद्यालय,ज्ञानोदय प्राबि, नबजागृत प्रा बि, शिबदीप प्राबि र भुपति प्राबि बाट अभिभावक शिक्षक विद्यार्थी सहभागी भएका थिए । अनुप उपाध्यायले कार्यक्रम संचालन गर्नुभएको थियो।