2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाकोे रामपुरमा काग्रेंस नेता डा. शशांक कोइराला आउनुहुने

पाल्पाकोे रामपुरमा काग्रेंस नेता डा. शशांक कोइराला आउनुहुने


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २७ २०७९
2.2K

पाल्पा ।

मिनी फेवातालको रुपमा पाल्पाको रामपुरमा रहेको पर्यटकीय तालपोखराको नयाँ बर्ष बिशेष कार्यक्रमका लागि नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा सांसद डा. शंशाक कोइराला आउनुहुने भएको छ ।

तालपोखरा संरक्षण तथा प्रर्बद्धन सहयोगार्थ बैशाख १ गते सक्रान्ति र २ गते शनिवार हुने तालपोखरा नयाँ बर्ष बिशेष कार्यक्रमको उद्घाटनका लागि कोइराला रामपुर आउनुहुने भएको हो ।

तालपोखरा संरक्षण समितिले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि नेपाली राजनितिका प्रखर नेता कोइरालाले नयाँ बर्ष बिशेष कार्यक्रमको उद्घाटन गर्ने जनाएको हो । समितिका अध्यक्ष भरतराज देवकोटाले नयाँ बर्षको अबसरमा आयोजित २ दिने बिशेष कार्यक्रमको नेपाली काग्रेंसका नेता तथा वि.पि.पुत्र शशांक कोइरालाले शुभारम्भ गर्ने बताउनुभयो । तालपोखरा परिसरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले नयाँ बर्ष बिशेष कार्यक्रमको अबसर पारेर नेपाली राजनितिका योद्धा वि.पि.पुत्रलाई रामपुरमा ल्याउने बताउनुभयो । कार्यक्रमको तयारी तिब्र पारेको र प्रचारप्रसारलाई जोड दिएको देवकोटाले बताउनुभयो । नेपाली काग्रेंसका पुर्व महामन्त्री रहनुभएका कोइराला नवलपरासी सुस्ता पुर्व नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हुुनुहुन्छ । नेपाली राजनितिमा राम्रो छबि बनाएका बि.पि.पुत्र कोइराला २०६४ यता लगातार चौथो पटकसम्म नवलपुरबाट प्रतिनिधि सभामा बिजयी हुनुभएको छ ।

२ दिनसम्म चल्ने कार्यक्रममा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा चर्चा कमाउन सफल लोकदोहोरी तथा आधुनिक गायक गायिका र डान्सरहरुको प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित गायक बद्री पंगेनी, बसन्त थापा,राजन कार्की, मोहन खड्का, अर्जुन सापकोटा, लोकदोहोरी गायिका कला लम्साल, तुलसा जि.सी., गायिका तथा कुशल उद्घोषक मन्जु पौडेल, डान्सर बर्षा क्षेत्री र सृष्टि विश्वकर्मा सहितका कलाकारको प्रस्तुति रहनेछ ।

तालपोखरा संरक्षण समितिले विभिन्न उपसमिति गठन गरि तयारीलाई तिब्र पारेको छ । चैत्र पहिलो हप्ता विभिन्न उपसमिति गठन गरि पत्रकार भेटघाट गरेर तयारी थालेको समितिले विभिन्न क्षेत्रमा माईकिङ प्रचारप्रसार तथा अन्य छिमेकी पालिकामा समन्वय र व्यवस्थापनलाई जोड दिएको समितिका सचिव शिब देबकोटाले बताउनुभयो । पाल्पा, स्याङजा, तनहुँ र नवलपुरको संगम स्थल रामपुरमा रहेको तालपोखरालाई सरकारले १०० पर्यटकीय गन्तव्य सुचीमा राखेर पर्यटन प्रर्बद्धनको थप काम भएपछि यहाँ छिमेकी यी जिल्ला सँगै बाहिरबाट पर्यटक आउन थालेका हुन् ।

तालपोखरा संरक्षण समितिले जलमा अबस्थित जलेश्वर र शिबमन्दिरमा शिवरात्री पर्वमा कार्यक्रम गर्दै आएकोमा यसबर्ष रामपुर महोत्सव सोही समयमा परेकोले नयाँ बर्ष बिशेष कार्यक्रम गर्ने गरि माघमा निर्णय गरेको थियो । कार्यक्रम सफल पार्न मुल समिति र विभिन्न ६ उपसमिति गठन गरि जिम्मेवारी तोकेको छ भने उपसमितिले जिम्मेबारीको काम गरिरहेको समितिका सदस्य जनक भण्डारीले जानकारी दिनुभयो ।

रामपुर नगरपालिका ६ मा भैसी आहाल खेल्ने कुवाको रुपमा रहेको पानी जम्ने भागलाई स्थानीयले तालको स्वरुपमा विकास गरेका हुन् । तालपोखरा मानव निर्मित ताल हो । तालको बिचमा जलेश्वर महादेवको मन्दिर पोखराको फेवाताल कै स्वरुपमा रहेकोले तालपोखरामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।

२०६६ साल पौष ११ देखि १८ गतेसम्म श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको आयोजना गरि १ करोड ७२ लाख संकलित रकमले पोखराको फेवाताल (मिनी फेवाताल) को झल्को दिने यस तालपोखरा निर्माण गरिएको हो । पार्क, पिकनिक स्थल र ताल गरि ७५ रोपनी क्षेत्रफलमा फैलिएको तालपोखराको ४५ रोपनी क्षेत्रमा ताल छ । जहाँ डुङा शयर गरि तालको बिचमा रहेको मन्दिरमा दर्शन गर्ने र फर्कने गर्दछन् । हाल काठको ३, हास र प्याडल रातो २ डुङ्गा र २ वटा र्‍याफ्टिङ बोर्ट सञ्चालित छ । यहाँ २०७४ साल माघदेखि नियमित डुङा चलिरहेको छ । ताल सँगै यहाँको पार्कमा फुलेका फुलमा यतिबेला फोटो खिच्न र टिकटक बनाउन पुग्नेहरुको दिनभर चहलपहल हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com