2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाली समाज पोखराको अध्यक्षमा बालचन्द्र परियार

पाल्पाली समाज पोखराको अध्यक्षमा बालचन्द्र परियार


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९
1.2K

पोखरा ।

पाल्पाली समाज पोखराको अध्यक्षमा बालचन्द्र परियार निर्वाचित हुनुभएको छ ।

संस्थाको २० औं साधारणसभा तथा ११ औं अधिवेशनले परियारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत निर्वाचित गरेको हो ।

संस्थाको महिला उपाध्यक्षमा उमा सापकोटा, उपाध्यक्षहरुमा श्रीधर पराजुली, केशव नेपाल र अनन्त अधिकारी हुनुन्हुन्छ । प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष पछि चयन हुनेछ । समाजको महासचिवमा सञ्जय आत्रेय, उपमहासचिव रमेश पौडेल, सचिव युमाया पचभैया र किरण पाण्डे, सहसचिव गीतादेवी शर्मा र सुमन आचार्य, कोषाध्यक्ष पदमप्रसाद पोखरेल र सहकोषाध्यक्ष गिरिराज पोखरेल रहेका छन् ।

समाजको सदस्यमा धनबहादुर झेंडी, दामोदर बस्याल, पीताम्बर तिमिल्सिना, कृष्णप्रसाद मिश्र, बुद्धिप्रसाद न्यौपाने, भुवन लोहनी, डा. खेमराज अधिकारी, इन्दिरा कँडेल, सम्झना अर्याल, सीता राना, अनुपमान कर्माचार्य, मनिला राना, दीपक सुवेदी र तिलबहादुर थापा चयन भए ।

पूर्व अध्यक्ष बाबुराम खनालको संयोजकत्वमा पूर्व अध्यक्षहरु ताराप्रसाद पोखरेल, जगदीश गौतम, नारायणप्रसाद पौडेल र कानुनी सल्लाहकार विष्णुप्रसाद लम्साल सदस्य रहेको निर्वाचन समितिले सर्वसहमतिको पहल गरेको हो ।

नवनिर्वाचित अध्यक्ष बालचन्द्र परियारले संस्थालाई डिजिटल प्रविधिमा लैजाने तथा भोक राहत कोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । डिजिटल प्रविधिको लागि पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल र भोक राहत कोषका लागि महासचिव संजय आत्रेयलाई संयोजक जिम्मा दिइएको छ ।

अधिबेशन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पाल्पाले उद्घाटन गर्दै समाजले राम्रा कम गरेको बताउनुभयो ।  रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी, गण्डकी प्रदेश कार्यालयका सचिव अणप्रसाद न्यौपाने, रामपुर वडा १ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कपिल खाँण, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, गुल्मेली समाज पोखराका अध्यक्ष नारायणप्रसाद न्यौपाने लगायतले पाल्पाली समाजले पोखरामा उदाहरणीय कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु चिरञ्जीवी श्रेष्ठ, जगदीश गौतम, ताराप्रसाद पोखरेल, कुलप्रसाद घिमिरे, सल्लाहकारहरु जनपुकार मुनकर्मी, डा. यज्ञमान शाक्य, युवाउद्यमी मनोहर श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

सोही अवसरमा समाजको हितमा उल्लेख्य योगदान पुर्‍याएकोमा निवर्तमान अध्यक्ष एवं पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेलाई सम्मानपत्र गरियो । समाजका अध्यक्ष रेशम रचकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बालचन्द्र परियार र संचालन महासचिव केशव नेपालले गरेका थिए । सहयोगीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com