2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरका सहकारीहरु संयुक्त दिवस मनाए

रामपुरका सहकारीहरु संयुक्त दिवस मनाए


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र २२ २०७९
1.2K

पाल्पा ।

६६ औ राष्ट्रिय सहकारी दिवस पाल्पाको रामपुरमा सहकारीहरुको एक्यवद्धतामा मनाईएको छ ।

रामपुर नगरपालिकाको आर्थिक सहयोगमा रामपुरभित्र रहेका २३ वटा सहकारीले सामुहिक रुपमा सहकारी दिवस मनाएका हुन् ।

अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । नगर प्रमुख थापाले सहकारीले धेरै राम्रो काम गरेको बताउदै सबै त्यही हाराहारीमा आउन सहकारीहरुलाई आग्रह गर्नुभयो । सहकार्य र समन्वय गरेर अगाडी बढ्ने र नगरपालिकाले सहकारीको हकहितमा सहयोग गर्ने बताउनुभयो। बजार क्षेत्रका केही सहकारीको गतिबिधिले सहकारीमाथी प्रश्न उठाएपछि ग्रामीण क्षेत्रमा संचालन भएका सहकारीले महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख थापाले बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले सहकारीहरुले नाम अनुसारको काम गर्नुपर्ने, वचत र ऋणको मात्रै कारोबार मात्रै नभई सेयर सदस्यको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सहकारीले गुणस्तरीय काम गर्नुपर्ने बताउनुहुदै सेयर सदस्यको रकमको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, नेकपा माओवादी केन्द्रका कमलराज भट्टराई, नेकपा समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चाका नगर सचिव रामप्रसाद गैरे, जिल्ला सहकारी संघका सदस्यहरु कृष्णकुमार अर्याल, ईश्वरी खनाल, सुर्याेदय कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिराज गौतम, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रम अघि रामपुर बेझाड नहर अफिसबाट शुरु भएको र्‍याली सहकारी सम्बन्धी विविध लेखनको प्लेकार्ड सहित कार्यक्रमस्थल होटल न्यु श्रीनगरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

सोही अबसरमा नेपाल वचत तथा ऋण सहकारी संघ केन्द्रिय कार्यालय (नेफ्स्कुन) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले सहजिकरण गर्नुभयो ।

उज्यालो वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विष्णुमाया ढकालको स्वागत र संचालन रामपुर वचत तथा ऋण सहकारी संस्थाका सचिव किर्तिनाथ श्रेष्ठले गर्नुभएको हो । हातेमालो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु सारुले धन्यवाद व्यक्त गर्नुुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com