2

Logo २०८३ बैशाख १३ आइतबार
चैत २१ देखि दैनिक ९ घण्टा सिद्धबाबा खण्डमा राजमार्ग बन्द

चैत २१ देखि दैनिक ९ घण्टा सिद्धबाबा खण्डमा राजमार्ग बन्द


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र १९ २०७९
1.5K

पाल्पा ।

सुरुङ्ग निर्माणको लागि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा पुन: बन्द हुने भएकाे छ ।

सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गर्ने निर्माण कम्पनीले जनाएको छ । सो क्षेत्रमा सुरुङ्मार्ग निर्माणमा आवश्यक पूर्वाधार बनाउन पुनः सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएकाे छ ।

सुरुङ् मार्ग निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ् कर्पोरेसनको माग अनुसार यही २०७९ चैत २१ गतेदेखि दैनिक ९ घण्टा सडक बन्द गरिने प्रशासनले जनाएकाे छ ।

निर्माण व्यवसायीले सुरुङ् मार्गका लागि आवश्यक पूर्वाधारबनाउन सडक बन्द गर्नुपर्ने पत्र पठाएकाले सोही अनुसार निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

अर्को सूचना नभएसम्मका लागि सडक बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ । यसअघि पनि त्यस क्षेत्रमा सुरुङ्मार्गको प्रारम्भिक चरणको काम गर्न सडक बन्द गरिएको थियो ।

सिद्धबावा क्षेत्रमा १ हजार १२६ मीटर सुरुङ् मार्ग निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com