2

Logo २०८३ बैशाख १३ आइतबार
कांग्रेस नेतृत्वको सरकार लागि ५४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश

कांग्रेस नेतृत्वको सरकार लागि ५४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र १२ २०७९
932

लुम्बिनी ।

लुम्बिनी प्रदेशमा कांग्रेसको नेतृत्व सरकार निर्माणका लागि ५४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको हो । लुम्बिनी सरकारबाट माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेका हुन्। उनलाई मुख्यमन्त्री बनाउन ९ दलका ५३ जना सांसदले समर्थन गरेका छन्।

एमालेका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी जनमतका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । दुबै दलले आइतबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन। यससँगै अन्य साना दलले पनि समर्थन फिर्ता लिने तयारी गरिरहेका छन् ।

गिरी गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री गिरी‍ले गत माघ ५ गते माओवादी केन्द्र, जसपा र जनमत पार्टीलगायतका दलको समर्थनमा विश्वासको मत पाएका थिए। माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४र४, जसपा, लोसपा र जनमत पार्टीका ३र३, स्वतन्त्र २, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com