2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा मनाइयो विश्व क्षयरोग दिवस

पाल्पामा मनाइयो विश्व क्षयरोग दिवस


Sabalnews प्रकाशित मिति : शनिबार, चैत्र ११ २०७९
526

पाल्पा ।

क्षयरोगीको संख्या न्युनीकरण तथा उपचारमा संचार क्षेत्र तथा पत्रकारहरूले सकारात्मक भूमिका खेल्न सक्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । जिल्लामा रहेका क्षयरोगी पत्ता लगाउन तथा प्रभावकारी उपचार गर्नका लागि संचार क्षेत्र र पत्रकारले सूचना सम्प्रेषण गरेर सकारात्मक भूमिका खेल्न सक्ने बताएका हुन् ।

संचारकर्मीले लुकेर रहेका क्षयरोगी पत्ता लगाउन, त्यसबाट बच्न तथा उपचार गर्न प्रोत्साहन सूचना तथा जानकारी सन्देश प्रवाह गरेर गर्न सक्ने सहभागीको भनाई छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार तानसेनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले लुकेर बसेका क्षयरोगीलाई उपचार पद्धतिमा ल्याउन संचार क्षेत्रले भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले मानिसलाई सचेत बनाउने र बच्नका लागि समेत सचेतना आवश्यक रहेकाले क्षयरोग सम्बन्धी सूचना प्रकाशन प्रशारण गरेर पत्रकार तथा संचारक्षेत्रलाई सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सामान्य मानिसले पनि टिबीको भाइरस बोकेर हिड्ने अवस्था रहेकाले मानिसलाई सचेत बनाएर यसको न्युनीकरण गर्न पत्रकारहरूको भूमिका रहने बताउनुभयो । मानिस सचेत भएको खण्डमा पनि क्षयरोग नियन्त्रण गर्न सहयोग पुग्ने प्रजिअ बास्तोलाले बताउनुभयो ।

यस्तै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले पाल्पामा क्षयरोगीको संख्या घट्न नसक्नुमा जनचेतनाको कमी हो भन्दै संचारकर्मीले आम नागरिकलाई सचेत बनाएर यसको न्युनीकरणमा भूमिका खेल्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले अहिले पनि धेरै मानिस थाहा नभएर क्षयरोगका किटाणु बोक्दै डुल्ने अवस्था रहेकाले सत्यतथ्य सूचना सम्प्रेषण गरेर पत्रकारहरूले क्षयरोगीलाई उपचारका आउन सघाउन सक्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले क्षयरोग कसरी लाग्छ, कसरी बच्ने, उपचार पद्धति, पाल्पाको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा पाल्पाका क्रियाशील पत्रकार तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीको अध्यक्षता र सूचना अधिकारी टिकाराम अधिकारीको संचालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com