2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीको दोस्रो गाउँ परिषदमा २६ शिक्षक सम्मानित

नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीको दोस्रो गाउँ परिषदमा २६ शिक्षक सम्मानित


Sabalnews प्रकाशित मिति : शनिबार, चैत्र ११ २०७९
568

पाल्पा ।

नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी गाउँपालिका पाल्पाको दोस्रो गाउँ परिषद सम्पन्न भएको छ ।

गाउँ परिषदको अवसरमा पालिकाका शिक्षक सेवामा स्थायी सिफारिस हुने २६ जना शिक्षक तथा शिक्षिकाहरु तथा २ जना बढुवा हुने शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद नारायण प्रसाद आचार्यले वर्तमान समयमा प्राबिधिक र व्यवहारिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाका अध्यक्ष मोहन सापकोटाले शिक्षकहरुको हकहितका लागि संगठनको  भूमिका सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले गाउँ शिक्षा ऐन बनाउन थालेको बताउदै शिक्षकको विषयगत तालिम र अभिभावक शिक्षा कार्यक्रम सन्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा संयोजक नर बहादुर थापा, संगठनका केन्द्रिय प्रतिनिधि केशब के.सी. ले बोल्नु भएको थियो । परिषदले निस्दी संगठनका अध्यक्ष लोक बहादुर सारुको संगठनिक र आर्थिक प्रतिवेदनलाई अनुमोदन समेत गरेको छ ।
संगठनका उपाध्यक्ष खेम बहादुर सारुको स्वागत र सन्चालन सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com