2

Logo २०८३ बैशाख १४ सोमबार
समुदाय संग प्रहरी कार्यक्रम रामपुर ६ ज्याग्दी पार्कमा

समुदाय संग प्रहरी कार्यक्रम रामपुर ६ ज्याग्दी पार्कमा


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र १० २०७९
666

पाल्पा ।

समुदाय संग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रवार रामपुर ६ पाल्पामा कार्यक्रम भएको छ ।

रामपुर नगरपालिका वडा नम्बर ६ वडा कार्यालयको आयोजना र इलाका प्रहरी कार्यालय रामपुरको सहजिकरणमा भएको कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले शान्ति स्थापनार्थ प्रहरी र समुदाय सदैब सजक हुनुपर्ने बताउनुभयो ।

प्रहरी निरीक्षक देवकोटाले कार्यक्रममा सहजीकरण गर्दै मुलुकी अपराध संहिता २०७४ मा भएका कानुनी व्यबस्था, घरेलु तथा महिला हिंसा, बालविवाह,  देवानी र फौजदारी घटनाबारे स्पष्ट पार्नुभएको थियो । निवेदन तथा उजुरीको ढाचा, चोरी लुटपाट, झैझगडा जस्ता बिषय र अमर्यादित कार्य गर्नमा प्रेरित, उत्साहित हुने वा गराइने अबस्थाबारे सहजीकरण गर्दै समाजमा शान्ति अमनचयनका लागि प्रत्यकले खेल्नुपर्ने भुमिकाका बिषयमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा समाजसेवी देवराज ढकालले स्थानीयले चाहेको जस्तो राज्य र संयन्त्र सहित नागरिक चल्ने नभई नियम कानुन अनुसार काम हुनुपर्नेमा जोड दिनुभयो।

रामपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवाकर भट्टराईले नीति, विधि र पद्दतिमा रहेर काम गर्नुपर्ने हुँदा कतिपय चाहे अनुरुप छिटो छरितो हुन नसकेको बताउनुभयो । वडामा सबैको छलफल र आवश्यकता अनुरुप काम गर्न उत्प्रेरित भएको बताउदै देवकोटाले वडालाई नमुना र आउन बस्न लायक बनाउने गरि गतिबिधी गर्न सबैको साथ आबश्यक रहेको औल्याउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com