रेडक्रसको आयोजनामा रामपुरमा प्राथमिक उपचार तालिम शुरु
पाल्पा ।
नेपाल रेडक्रस सोसाइटी पाल्पाको आयोजनामा पाल्पाको रामपुरमा प्राथमिक उपचार सम्बन्धि तालिम शुरु भएको छ ।
रामपुर नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाको समन्वयमा रामपुर ७ मा भएको तालिममा रामपुर नगरपालिका भित्रका सबै वडा गरि २४ जना युवाहरुको सहभागिता छ ।

तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आधारभुत उपचार विधि सबै नागरिकले सिक्नु र जान्नुपर्ने आबश्यकता रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी पाल्पाको सभापति बाबुराम कार्कीले रेडक्रसको महत्व सर्वपरी रहेको उल्लेख गर्दै तालिमले राम्रो जनशक्ति उत्पादन गर्ने बताउनुभयो ।
रेडक्रस पाल्पाका उपसभापति भिमसेन कार्कीले रेडक्रस सेवा भावनाले लाग्ने बताउदै रेडक्रसले सिकेका ज्ञान र सीपले धेरै नागरिकको ज्यान बचेको र बेलैमा सहायता पाएको बताउनुभएको थियो ।
तालिम अबधिभर रेडक्रसका प्रशिक्षक संजय थापा र रेडक्रस पाल्पाका कार्यालय प्रमुख बिनोद भारतीले तालिममा ज्ञान सीप समेत सिकाउनुहुनेछ ।
नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत सदस्य टकादेवी भट्टराईले गर्नुभएको थियो भने संचालन सचिव तिल बहादुर श्रेष्ठले गर्नुभएको थियो ।