2

Logo २०८३ बैशाख १३ आइतबार
सेवा प्रवाह प्रभावकारी बनाउन तिलोत्तमा नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई दियो साइकल

सेवा प्रवाह प्रभावकारी बनाउन तिलोत्तमा नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई दियो साइकल


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र ८ २०७९
953

रुपन्देही ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।

करिब २ लाखको लागतमा तिलोत्तमा वडा नम्बर १७ का १६ जना स्वास्थ्य स्वयंसेविकालाई नगर प्रमुख रामकृष्ण खाण, वडा १७ का अध्यक्ष दानबहादुर चौधरीले साइकल वितरण गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख खाणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दैआएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो ।

‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ कोरोना महामारीमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन थप योगदान दिन आग्रह गर्नुभयो ।

स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हौँ तिलोत्तमा १७ का वडाध्यक्ष चौधरीले भन्नुभयो । महिला स्वास्थ्य स्वयंसेविका सावित्रा पाण्डे बस्यालले साइकल वितरण निकै आवश्यक रहेको र यसले सेवा प्रवाहमा घर-घर पुग्न आफूहरुलाई सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा १७ का सचिव हरिप्रसाद खतिवडा, वडा ५ का वडाध्यक्ष रमेश डुम्रे, शोभा राना, टोल विकासका अध्यक्ष बुद्धिबल न्यौपाने, वडा सदस्य सन्तबहादुर बस्नेत लगायतले साइकलको सही सदुपयोग हुनुपर्ने बताउनुभएको थियो ।

नेपाल महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी-अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनलगायत काम गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com