2

Logo २०८३ बैशाख १३ आइतबार
शिवराजले चन्द्रौटा बजारमा स्मार्ट शौचालय बनाउने

शिवराजले चन्द्रौटा बजारमा स्मार्ट शौचालय बनाउने


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र ८ २०७९
1.3K

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकाले व्यस्त बजारलाई मध्यनजर गर्दै चन्द्रौटा बजारमा स्मार्ट शौचालय निर्माण गर्ने भएको छ ।

शिवराज नगरपालिकाको व्यस्त बजार चन्द्रौटा बजार हुदै प्रत्येक दिन हजारोको संख्यामा यात्रीहरु आउने जाने र यस क्षेत्रका सयौ व्यक्तिहरुको मुख्य बजार नै चन्द्रौटा बजार भएकोले यस ठाँउमा सार्वजनिक शौचालयको माग बेला बेलामा सरोकारवालाहरुले उठाउदै आएका थिए ।

चन्द्रौटा बजारमा सार्वजनिक शौचालय बनाउने आबश्यक भएकोले नगरकै रकमबाट तत्कालका लागि स्मार्ट शौचालय बनाउने शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा जानकारी दिनुभयो ।

शिवराज नगरपालिकाको वडा न. ५ मा रहेको संजिवनी अस्पतालको अगाडी तिन वटा अस्थाई स्मार्ट शौचालय बनाउने छौं त्यो पनि महिला मैत्री समेत हुनेछ नगर प्रमुख थापाले भन्नुभयो- व्यस्त बजारमा आबश्यकता खड्किएको छ ।

पुराना शौचालयलाई व्यवस्थित गर्न पनि छ थप नयाँ बनाउन लागेका हौ वडा न. ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेले भन्नुभयो । सर्वसाधारणको सुविधाको लागि पुराना बस्तुलाई मर्मत गरि उपयोगी र नयाँ-नयाँ पूर्वाधार थप्ने गरि काम गर्ने शिबराज नगरले जनाएको छ ।

स्मार्ट शौचालयमा प्रयाप्त पानी, बिजुली बत्ती, ड्स्बिन र स्यानिटरी प्याड हुनेछ । पर्याप्त जग्गा भएको ठाउँ हेरेर महिला, पुरुषलाई छुट्टाछुट्टै डिजाइनमा शौचालय निर्माण गरिनेछ।

शिवराज नगरपालिकाका प्रावधिक टोलीले तय गरेको डिजाइनअनुसार यी शौचालयमा स्वचालित बत्ती जडान गरिनेछ, जुन मान्छे छिर्दा बल्छ र निस्कँदा आफैं निभ्छ । शौच सकिएपछि सफाइ निम्ति पानी, ट्वाइलेट पेपर, स्प्रे लगायत व्यवस्था हुनेछ। हात धुन साबुन र पानीको पनि व्यवस्था गरिनेछ । त्यस्तै, शौचपछि स्वचालित उपकरणले पानी झार्छ र फोहोर पखाल्छ।  शौचालय भन्नेबित्तिकै फोहोरी ठाउँ हो भन्ने आमधारणा बनेको छ । हामी यसलाई गलत साबित गर्न चाहन्छौं नगर प्रमुख थापाले बताउनुभयो । टाढैबाट गन्धले नाक छोप्नुपर्छ। अब बन्ने शौचालयहरू दुर्गन्धित, फोहोरी र अव्यवस्थित हुँदैनन्। चालू शौचालयलाई पनि सुधार गरेर सुविधासम्पन्न बनाउने प्रयास गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाले नयाँ शौचालय निम्ति ठाउँ हेरेर डिजाइन छनौट गरेको छ ।

देशका बिभिन्न शहर बजारमा शौचालय निर्माण भन्दा पनि सन्चालन र व्यवस्थापन चुनौतीपूर्ण बनेको समय पालिकाले स्मार्ट शौचालयको अवधारणा अघि सारेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com