नेपाली काङ्ग्रेस रामपुरले सम्झियो स्मृति दिवसमा गिरिजाबाबुलाई
पाल्पा ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा नेपाली काङ्ग्रेस रामपुरले गिरिजाको तस्बिरमा फुलमालाले माल्यार्पण गरि उहाँको योगदानको चर्चा गरेको छ ।
चैत ७ गते कोइरालाको १३ औं स्मृति अवसर पारेर नेपाली काङ्ग्रेस रामपुरले पार्टी कार्यालय गणेशमान स्मृति भवन रामपुरमा कोइरालाको तस्विर राखेर फुलमालाले माल्यार्पण गरेका हुन् ।
एक कार्यक्रमको आयोजना गरि भएको अन्तरक्रियामा सहभागीले गिरिजाबाबुको निधनले नेपाली राजनितिमा क्षति पुगेको बताएका थिए ।
सहभागीहरुले गिरिजाप्रसाद कोइरालाको बाटोमा नेपाली काङ्ग्रेस सधैं अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, उपसभापति देव बहादुर मश्राङ्गी, सचिव चिरिन्जिबी सिग्देल, कोषाध्यक्ष मोहन प्रसाद भट्टराई सहसचिव आकाश भट्टराई, लगायतले पुष्पगुच्छा सहित आफ्ना धारणा राखेका थिए ।