2

Logo २०८३ बैशाख १३ आइतबार
शहिदमा नेबिसंघले जोगायो विरासत, निर्वाचनमा नेबिसंघ प्यानल नै विजयी

शहिदमा नेबिसंघले जोगायो विरासत, निर्वाचनमा नेबिसंघ प्यानल नै विजयी


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र ७ २०७९
589

पाल्पा ।

पाल्पाको सहिद वहुमुखी क्याम्पसको स्ववियू चुनावमा नेपाली काङ्ग्रेस निकट नेबिसंघले प्यानल नै जितेको छ ।

यो जितसँगै २०५५ सालदेखिको नेबिसंघले आफ्नो विरासत कायम राखेको हो । कुल ७८२ विद्यार्थी मतदाता रहेको क्याम्पसमा ६५२ मत खसेको थियो । निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापतिमा नेबिसंघका ल्याकत अलिले ३ सय २४ मत प्राप्त गर्नुभयो। प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सन्देश ढकालले २ सय ९२ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै सचिवमा नेविसंघका रमेश पोखरेल ३ सय ४६ मतका साथ विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियुका रमा श्रेष्ठले २ सय ६५ मत ल्याउनुभयो ।

कोषाध्यक्षमा नेबिसंघका तिलक सारुले ३ सय ३१ मत ल्याएर विजय हुनुभयो भने प्रतिस्पर्धि दुर्गा वि.क. ले २ सय ७७ मत प्राप्त गर्नुभयो।

उमेदवार मध्य सबैभन्दा बढी मत पाएका नेविसंघका उमेदवार कसम मल्ल ठकुरी ३ सय ५९ मत, कविता राना ३ सय ३७ मत, जयन्ती  दर्जी ३ सय १२ मत, अस्मिता खनाल ३ सय २४ मत र महेश राक्से ३ सय २० मत सहित फराकिलो अन्तरमा निर्वाचित भएका छन् । सदस्यमा अनेरास्ववियुका उम्मेदवारहरु अनिता श्रेष्ठले २ सय ४५, जानकी बयम्बुले २ सय ६०, समर बहादुर खन्गाहाले २ सय ८९ मत, राजन गौतमले २ सय ८२ र सम्बोधन खनालले २ सय ६२ मत प्राप्त गरेका थिए ।

शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्षमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल र अनेरास्ववियु विच कडा प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै समानुपातिकबाट नेबिसंघले ३, अनेरास्ववियुले ३ र अखिल क्रान्तिकारीले १ सिट प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com