शहिदमा नेबिसंघले जोगायो विरासत, निर्वाचनमा नेबिसंघ प्यानल नै विजयी
पाल्पा ।
पाल्पाको सहिद वहुमुखी क्याम्पसको स्ववियू चुनावमा नेपाली काङ्ग्रेस निकट नेबिसंघले प्यानल नै जितेको छ ।
यो जितसँगै २०५५ सालदेखिको नेबिसंघले आफ्नो विरासत कायम राखेको हो । कुल ७८२ विद्यार्थी मतदाता रहेको क्याम्पसमा ६५२ मत खसेको थियो । निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापतिमा नेबिसंघका ल्याकत अलिले ३ सय २४ मत प्राप्त गर्नुभयो। प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सन्देश ढकालले २ सय ९२ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै सचिवमा नेविसंघका रमेश पोखरेल ३ सय ४६ मतका साथ विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियुका रमा श्रेष्ठले २ सय ६५ मत ल्याउनुभयो ।
कोषाध्यक्षमा नेबिसंघका तिलक सारुले ३ सय ३१ मत ल्याएर विजय हुनुभयो भने प्रतिस्पर्धि दुर्गा वि.क. ले २ सय ७७ मत प्राप्त गर्नुभयो।
उमेदवार मध्य सबैभन्दा बढी मत पाएका नेविसंघका उमेदवार कसम मल्ल ठकुरी ३ सय ५९ मत, कविता राना ३ सय ३७ मत, जयन्ती दर्जी ३ सय १२ मत, अस्मिता खनाल ३ सय २४ मत र महेश राक्से ३ सय २० मत सहित फराकिलो अन्तरमा निर्वाचित भएका छन् । सदस्यमा अनेरास्ववियुका उम्मेदवारहरु अनिता श्रेष्ठले २ सय ४५, जानकी बयम्बुले २ सय ६०, समर बहादुर खन्गाहाले २ सय ८९ मत, राजन गौतमले २ सय ८२ र सम्बोधन खनालले २ सय ६२ मत प्राप्त गरेका थिए ।
शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्षमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल र अनेरास्ववियु विच कडा प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै समानुपातिकबाट नेबिसंघले ३, अनेरास्ववियुले ३ र अखिल क्रान्तिकारीले १ सिट प्राप्त गरेका छन् ।