दलित अधिकारका लागि साझा अभियान पाल्पाले रामपुरमा अन्तरक्रिया गर्दै
पाल्पा ।
दलित समुदायका साझा सवाललाई उठाउदै आएको दलित अधिकारका लागि साझा अभियान नेपाल पाल्पाले स्थानीय तहमा पहुँच बिषयक अन्तरक्रिया पाल्पाको रामपुरमा गर्ने भएको छ ।
अभियानका पाल्पा अध्यक्ष बिष्णु बहादुर बोमरेलले अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवस मार्च २१ को अबसरमा “स्थानीय तहमा दलित समुदायको पहुँच” बिषयक सरोकारवालासँग अन्तरक्रिया गर्न लागेको जानकारी दिनुभयो । समाज परिवर्तनका लागि निरन्तर संघर्ष र निगरानीले दलित समुदायको अबस्था सकारात्मक हुदै आएकोमा यसको सार्थकता, सबै तहमा पहुँच र समतामुलक समाज निर्माणका लागि स्थानीय स्तरमा छलफल गर्न लागिएको बोमरेलले जानकारी दिनुभयो ।

पाल्पामा साझा अभियान पाल्पाले विगत देखिनै जातिभेद उन्मुलन दिवसका अबसरमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । मार्च २१ गते अर्थात् चैत ७ गते मंगलबार रामपुर मटेरी रेशम हलमा कार्यक्रम गर्ने अभियान पाल्पाले जनाएको छ ।