तालपोखरामा राष्ट्रिय कलाकारको साथमा नयाँबर्ष बिशेष सास्कृतिक कार्यक्रम हुने
पाल्पा ।
पाल्पाको पर्यटकीय स्थल तालपोखरामा नयाँ बर्षमा नवबर्ष विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ ।
तालपोखरा संरक्षण तथा प्रबर्द्धन सहयोगार्थ तालपोखरा संरक्षण समितिले राष्ट्रिय कलाकारको साथमा नयाँ बर्ष बिशेष कार्यक्रम गर्न लागेको हो ।
देशका १०० पर्यटकिय गन्तव्य स्थल मध्यमा पर्न सफल रामपुर नगरपालिका ६ मा अबस्थित तालपोखरा मानव निर्मित ताल हो । तालको बिचमा जलेश्वर महादेवको मन्दिर पोखराको फेवाताल कै स्वरुपमा रहेकोले तालपोखरामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।

आगामी नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ र २ गते विशेष कार्यक्रम गरिने शुक्रबार तालपोखरा क्षेत्रमा पत्रकार सम्मेलन गरि समितिले जानकारी दिएको छ । नयाँ बर्ष बैशाख सक्रान्तिमा सार्वजनिक बिदा हुने र भोलिपल्ट शनिवार रहेकोले २ दिनको सास्कृतिक कार्यक्रमको आयोजना गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले जानकारी दिनुभयो ।
तालपोखरा संरक्षण समितिका अध्यक्ष देवकोटाले पर्यटन प्रवर्द्धन, तालपोखरा व्यवस्थापन र गतिबिधिका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले नयाँ वर्ष विषेश कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । तालपोखराको संरक्षण र आवश्यक संरचना निर्माणकै चरणमा छौ अध्यक्ष देवकोटाले भन्नुभयो- आर्थिक स्रोत जुटाउने लक्ष्यले पनि कार्यक्रम गर्न लागिएको हो । संकलित सो रकम ट्रस्ट निर्माणमा लगाइनेछ ।
गर्मी बढ्दै जादा तालपोखरामा पर्यटक बढ्ने हुँदा समितिले २ डुङ्गा थप गरेको छ । हाल काठको ३, हास र प्याडल रातो २ रहेकोमा समितिले २ र्याफि्टङ बोर्ट थपेको हो ।
२ दिन सम्म चल्ने कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनी, बसन्त थापा, राजन कार्की, अर्जुन सापकोटा, गायिका मञ्जु पौडेल, कला लम्साल, तुलसा जिसी सहित नृत्यकार वर्षा क्षत्रि र सृष्टि विश्वकर्मा आउनेछ्न् ।
तालपोखरा संरक्षण समितिले शिबरात्रीमा गर्दै आएको कार्यक्रम यस बर्ष रामपुर महोत्सवलाई मध्यनजर गर्दै आयोजना नगरी नयाँ बर्षमा कार्यक्रम गरेको जनाएको छ । समितिका उपाध्यक्ष मित्रा ढकालको स्वागतबाट शुरु भएको कार्यक्रम समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा र सदस्य जनक भण्डारीको सञ्चालनमा भएको हो ।