2

Logo २०८३ बैशाख १३ आइतबार
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
771

काठमाडौँ ।

उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ।

शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म भएको मतदानमा १० दलीय गठबन्धनबाट उमेदवार यादव उपराष्ट्रपतिमा विजयी हुनुभएको हो ।

निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाउनुभयो भने एमाले उमेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाउनुभयो । यस्तै जनमत पार्टीकी ममता झाले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाउनुभएको छ । उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाउनुभयो ।

उपराष्ट्रपति निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा मतदान भएको थियो । मतदान सकिएसँगै मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ मत खसेको थियो । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com