2

Logo २०८३ बैशाख १४ सोमबार
न्यायीक समिति माथागढीमा जिल्ला न्यायाधीश सहितको सहजीकरण

न्यायीक समिति माथागढीमा जिल्ला न्यायाधीश सहितको सहजीकरण


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
1K

पाल्पा ।

माथागढी गाउँपालिकाको न्यायिक समितिको जिल्ला अदालतको टोलीले अनुगमन तथा सहजीकरण गरेको छ ।

जिल्ला अदालतका जिल्ला न्यायाधीश कमलराज बिष्ट र  श्रेष्तेदार दुर्गा बस्याल सहितकोको टोलिले माथागढीमा न्यायीक समितिको काम, अबस्थाबारे जानकारी सहित सहज न्यायीक निरुपण बारे सहजीकरण गरेको छ ।

माथागढी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक विष्णु माया लुङ्चेले न्यायीक समितिले गर्दै आएका काम र गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

न्यायीक समिति संयोजक लुङ्चेको संयोजकत्वमा भएको सहजीकरणमा जिल्ला न्यायाधीश बिष्टले गाउँपालिका भित्र समितिले लिन सक्ने उजुरी, दर्ता, प्रक्रिया र निराकरणको बारेमा सहजीकरण गर्नु भएको थियो ।

छलफलमा उहाँले स्थानीय स्तरमा सहजीकरणका माध्यमबाट समस्यामा परेका दुबै पक्षलाई कसरी सरल तरिकाले समाधान गर्न सकिन्छ र स्थानीय स्तरमा भएको छलफलमा समझदारी हुन नसकेका बिषयलाई माथी पठाउने बिषयमा जानकारी दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com