ज्ञानोदय प्रा.वि.मा समिक्षा तथा आगामी शैक्षिकसत्र बारेमा अन्तरक्रिया
पाल्पा ।
ज्ञानोदय प्राथमिक विद्यालय माथागढी १ चिदीपानी एक्लेबर पाल्पाको शैक्षिकसत्र २०७९ को समिक्षा तथा आगामी शैक्षिकसत्र २०८० को योजनाको बारेमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बिधालय ब्यबस्थापन समिति अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा भएको अन्तरक्रियामा बोल्दै माथागढी गाउँपालिकाका कार्यपालिका सदस्य तुलसा नेउपानेले भौतिक संगै शैक्षिक गुणस्तर वृद्धिमा जोड दिन आग्रह गर्नुभयो ।

अभिभावक, विद्यार्थी र शिक्षक साथ सहयोग र विद्यालय ब्यवस्थापनको चुस्त टिमका कारण विद्यालयले पुनर्जीवन प्राप्त गरेको बताउदै अध्यक्ष तथा वडाअध्यक्ष राजकुमार पन्थीले माडी क्षेत्रको समग्र बिकासमा विद्यालयको भबिष्य जोडिएको बताउनुभयो । विद्यालय ब्यबस्थापन समिति सदस्य,शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावकहरुको अन्तरक्रियामा सहभागिता रहेको थियो ।
अन्तरक्रियामा शैक्षिक सत्र २०७९ को समिक्षा, शैक्षिक सत्र २०८० का विद्यालयको योजना, थप कक्षा ६ संचालन र अभिभावकबाट पृष्ठपोषण भएको बिषयलाई आत्मसाथ गर्दै स्कुलको बिकासमा लगाउने सहायक प्रध्यानध्यापक मेनुका थापाले जानकारी दिनुभयो ।
विद्यालयका प्रध्यानध्यापक बिजयदिप पन्थीले विद्यालयको बर्तमान अवस्थाको बारेमा जानकारी दिदै शैक्षिक विकास नै आजको ज्ञानको भण्डार भएको बताउनुभयो ।