2

Logo २०८३ बैशाख १३ आइतबार
किसानलाई आलु स्याहार्न र भण्डारणमा भ्याईनभ्याई

किसानलाई आलु स्याहार्न र भण्डारणमा भ्याईनभ्याई


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र २ २०७९
904

पाल्पा ।

यसबर्ष राम्रो उत्पादन दिएपछि पाल्पाका किसानलाई आलु खेती स्याहार्नमा भ्याईनभ्याई छ । माघ अन्त्यदेखि आलु खन्न शुरु गरेका जिल्लाका किसान चैत पहिलो हप्तासम्म आलु स्याहार्नमा व्यस्त छन् । फागुन लागेपछि माचो बढेका किसान अब आलुलाई भिर्‍याएर भण्डारणमा जुटेका छन् ।

जिल्लाको समथर भुभागका प्रायः किसानले आलु खेती गर्दै आएका छन् । यसबर्ष मौसमले साथ दिएकाले आलु उत्पादन राम्रो भएको रामपुर ५ सानीअमराईका किसान बासुदेव ढुंगानाले बताउनुभयो । “केही बर्ष त्यति राम्रो उत्पादन दिदैन यसबर्ष सबैको आलु राम्रो छ बोट हरियो हुदै आकाशको पानीको डरले आलु खनेका छौ”–उहाँले भन्नुभयो । धेरै जसो बिउको लागि आलु लगाउदै आउनुभएकी रामपुर ७ कि किसान यमकान्ती गौतमले यसबर्ष पनि आलु खनिरहनुभएको छ । विगतमा बुटवल, स्याङजामा आलु भण्डारण गर्ने यमकान्ती रामपुरमा नै चिस्यान केन्द्र बनेपछि आलुखेती पनि बढाउनुभएको हो । उहाँले खाने आलु र बिउ आलुको लागि बर्षेनि छुट्टाछुट्टै आलुखेती गर्दै आउनुहुन्छ । उहाँले यस बर्ष झण्डै ८ रोपनीमा आलु लगाउनुभएको छ । नगरपालिकाले बजारीकिरणमा सहयोग गर्ने जिम्मेवारी लिएपछि बिक्रीको चिन्ता नहुने बताउनुहुने यमकान्तीले आलुबाटै बाच्न सकिने बताउनुभयो ।

रामपुर ३ का नारायण भट्टराई पनि आलु खेतीबाट सन्तुष्ट हुनुहुन्छ । गतबर्षदेखि आलु कम लगाउछु भन्नु भएका भट्टराईले उत्पादन राम्रो भएपछि आलु खेतीलाई अझ फस्टाउने सोचमा हुनुहुन्छ । नजिक चिस्यानकेन्द्र नहुँदा सामान्य घर र आफन्तीलाई पाउरका लागि लगाउने आलु पछिल्ला बर्ष यस क्षेत्रमा व्यवसायिक रुपमा लगाइएको छ । किसानलाई कृषिमा आकर्षित गर्न रामपुर नगपालिकाले बिभिन्न कृषि बालीमा अनुदान सहयोग गर्दै आएको छ । आलु खेतीको पकेट क्षेत्र घोषणा गरि सामुहिक र व्यक्तिगत आलु खेतीमा किसानलाई नगरपालिकाले सघाउदै आएको छ ।

रामपुर ६ का किसानले बढी आलु खेती लगाएका छन् । यहाँका समुहलाई अनुदान सहयोग गरेपछि सामुहिक र व्यक्तिगत आलु खेती गर्ने किसान बढेका हुन् । वडाले आलु लगाउन चाहने किसानलाई सहयोग गरेको थियो । रामपुर ६ की सीता देवकोटाले बर्षेनी झण्डै १० क्विन्टल आलु उत्पादन गर्नुहुन्छ । यसबर्ष राम्रो आलु फलेका छन् अब लगत्तै केही बेच्न सके राम्रो आम्दानी हुनेमा सीता हुनुहुन्छ । खानका लागि उत्पादन आलु स्थानीय सरकारले बिक्रीको प्रबन्ध गर्ने भएपछि ढुक्क भएको सीताले बताउनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ६ कै सीता भण्डारीले लगाएको आलु यसबर्ष राम्रो र ठुला फल लाएको बताउनुभयो । यस वर्ष १२ क्विण्टल आलु फलेका छन् भण्डारीले भन्नुभयो– खाने आलु धेरै छ । उहाँले खाने आलु धेरै उत्पादन गर्नुहुन्छ । “सिजन भएपछि धेरै मेहनत पनि गर्नुपर्दैन रैछ” भण्डारीले भन्नुभयो– “आलु यसरी राम्रो फलेपछि व्यवसायिक उत्पादनमा अझ हौसला बढेको छ । गरिवी निवारणका लागि लघुउक्तम विकास कार्यक्रमबाट रामपुर ६ मा आलु चिप्स उत्पादन सीप विकास कार्यक्रम चलिरहेकोले आलु चिप्सका लागि पनि बिक्री हुने भण्डारीले बताउनुभयो ।

रामपुरमा ४ बर्षअघि आलु भण्डारण केन्द्र बन्न शुरु भएयता धेरै आलु उत्पादन भएकोमा भण्डारमा समस्या भएकोले केही किसानले बिगत भन्दा कम आलु लगाएका छन् । यहाँका किसानले कार्डिनल, खुमल रातो, खुमल उज्वल, जनकदेव, टिपिएस जातका बीउ लगाएका छन् । उनीहरुलाई बुटवलको फस्ट च्वाइस फुड प्राइभेट लिमिटेडले रामपुर नगरपालिकाको सहकार्यमा खाने आलु उत्पादन कार्यक्रममा सघाएको छ । यसबर्ष झण्डै ४ सय रोपनीमा खाने आलु लगाइएको छ । यहाँ उत्पादिन आलु बुटवल लैजाने प्रक्रियामा पनि यसले सघाउनेछ ।
रामपुर नगरपालिका र प्रदेश सरकारको सहयोगमा बनेको शितभण्डारमा यसबर्ष आलुको बिमा सहित भण्डारण गर्ने तयारी भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । शितभण्डारको लागि स्थानीय कृषि सहकारीसँग समन्वय भएको छ अब आलु भण्डारको तयारीमा रहेको थापाले जानकारी दिनुभयो । कृषिबाटै रोजगार, आयआर्जन र आर्थिक सबलीकरणका लागि नगरपालिकाले कृषि खेती र पालनमा जोड दिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीयले उत्पादन गरेको आलु स्थानीय सरकारको प्रयासमा आफ्नै ठाउँमा शितभण्डार बनेपछि किसानलाई उत्पादिन बस्तु भण्डारण गर्न सहज भएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताउनुभयो । तत्कालका लागि आलु राख्न सकियो, किसानले उत्पादन गरेका अन्य बस्तु पनि प्राविधिकको सल्लाहमा स्थानीयस्तरमा राख्न पाउदा लगानी, समय बचत हुने र सहज हुनेछ न्यौपानेले भन्नुभयो ।

यसबर्ष पनि धेरै किसानले आलु शितभण्डारमा राख्ने रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताउनुभयो । आलु खेतीमा किसान हौसिएका छन् । व्यवस्थित हुदै गएको शितभण्डारमा आलु भण्डारणमा बिमा हुने भएपछि किसान ढुक्क भएको पाण्डेले बताउनुभयो । स्थानीय सुर्याेदय कृषि सहकारी संस्थाले प्रतिकेजी ६ रुपँयाका आलु शितभण्डारमा राख्ने सम्झौता भएको प्रमुख पाण्डेले जानकारी दिनुभयो । उत्पादन, बिक्री र व्यवस्थापनमा नगरले किसानलाई साथ दिएपनि आलु उत्पादनलाई किसानले फस्टाउदै लगेका छन् । यस बर्ष १५ लाख ५० हजार रुपँया आलु बिउ अनुदानमा किसानले सहयोग पाएका छन् ।

रामपुर नगरपालिकाका हराभरा महिला कृषि सहकारी संस्था, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनारा कृषक समूह, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, शुभप्रभात महिला कृषक समूहले रामपुर नगरपालिकाको अनुदान सहयोगमा खाने आलुखेती गरेका छन् । नगरपालिकाबाट यस वर्ष झण्डै तीन सय क्विन्टल आलुको बीउ किसानले अनुदानमा लगाउन लगेको कृषि शाखाले जनाएको छ । रामपुर नगरपालिकाको तल्लो समथर भागमा आलु खेती राम्रो हुदै आएको छ ।

रामपुरमा करिब २ हजार ५ सय हेक्टर क्षेत्रफलमा आलुखेती हुदै आएको छ । आलु उत्पादनमा नगरपालिकाले खेतबारीमा नै प्राविधिक सहयोग, आलु बिउ, रोग किराको समयमा प्राविधिक जाच, बजार र भण्डारणको सहज सुविधा हुने भएपछि आलु खेती गर्ने किसान बढेका छन् भने क्षेत्रफल बढाउदै लगेका छन् । बढ्दो शहरीकरणले ढाकेको रामपुर बजार र छिमेकी जिल्ला तथा तानसेन, बुटवल, पोखरा, नारायणघाट, काठमाडौंसम्मको सहज सडक सञ्जालले गर्दा पनि किसानलाई आलु बेच्न, राख्न र पठाउन सहज भएपछि खेती गर्न पनि हौसिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com