निर्माणाधीन सडक जनप्रतिनिधिद्दारा अबलोकन
पाल्पा ।
जिल्लाको माथागढी १ मा निर्माणाधिन रुमलडाडा- बिहादिधाम सडक निर्माण कार्य तिब्र गतिमा बढेको छ ।
गौरबको योजनाका रुपमा रहेको बिरौटा धैरेनि रुमलडाडा बिहादीधाम मोटरबाटोको उत्तरीभागको निर्माण कार्यको वडाको टिमले अबलोकन समेत गरेको छ ।
अध्यक्ष राजकुमार पन्थीको नेतृत्वमा वडा सदस्य तुल्सा न्यौपाने, डुकुल बहादुर गाहा, टोल ब मश्राङ्गी र लिला कुमारी बिक सहितका प्रतिनिधिहरुको टोलीले सडक निर्माण र प्रगतिबारे स्थलगत रुपमा अबलोकन तथा अनुगमन सहित जानकारी लिएको छ ।