शिक्षक संघ रामपुरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा रेग्मी र सचिवमा भट्टराई
पाल्पा ।
नेपाल शिक्षक संघ रामपुर नगरको दोस्रो अधिबेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ ।
होटेल नमस्ते रामपुरमा चलेको अधिबेशनले डोलराज रेग्मीको अध्यक्षतामा २७ सदस्यीय समिति सर्वसहमतिमा चयन गरेको हो । समितिको उपाध्यक्षमा मन बहादुर नेपाली र तारा भण्डारी, सचिवमा दिपेन्द्र भट्टराई, अर्थ सचिव गोबिन्द लम्साल, सहसचिव ध्रुब भण्डारी, सहसचिव महिला सावित्री खनाल, सहसचिव अर्थ बिनोद भट्टराई, सहसचिव समाबेशी बसन्ती श्रेष्ठ र सुस्मा राना, सदस्य टीका थापा, तुल्सी न्यौपाने, तुलसी गौतम, बिष्णु बहादुर अर्याल, आनन्द पन्त, मुना शाह, सुन्दर न्यौपाने चुनिनु भएको हो । त्यस्तै वडा जिम्मेवारी संयोजक पाउनुहुनेमा तेज प्रसाद पोखरेल, रबि भण्डारी, अब्दुल रहमान शेख, नागेन्द्र प्रसाद काफ्ले, पिताम्बर पोखरेल, मुक्ति पङेनी, प्रकाश भट्टराई, अनिल ढुंगाना, शम्भु अर्याल, कृष्ण भण्डारी रहनुभएको छ ।

अधिबेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले मुलुकको चेतना र बिकासको संबाहक शिक्षक भएको बताउनुभयो । सरुवा बढुवामा संघ संगठन खोज्ने तर आफ्नो पेशागत कर्तव्य पूर गर्न आलटाल गर्न नहुने बताउदै थापाले समाज बुझ्ने गरि चेतना दिन शिक्षण पेशा उत्तम रहेको बताउनुभयो । “जनप्रतिनिधि ठाउँको बिकास भौतिक गर्न पर्ने भन्ने हुने, तपाईंहरु बिचार विकासको गर्नुस हामी मिलेर गरौं उहाँले भन्नुभयो । शिक्षा विकासमा गुरुहरुको भुमिका बढी हुने हुँदा नगरको शिक्षालाई आवश्यकता अनुसार अघि बढाउने बताउनुभयो ।
अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले शिक्षा लोकतन्त्रको आधार भएको बताउनुभयो । शिक्षित र सिकाई बिचारको खानी रहने उल्लेख गर्दै रानाले शिक्षक पेशा समाजको आदर्श र गुरु श्रद्धाको उपमा रहेको बताउनुभयो । शिक्षकका सस्था अधिकारको लडाईमा आन्दोलन मात्र नभई बिचार विमर्श, सिकाई र भोलिको शिक्षाबारे चिन्तनको थलो बनाउन जोड दिदै शिक्षा सुधारका लागि समय- समयमा शैक्षिक कार्यशाला हुनु आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले सबैको पालो आउने बताउदै सही नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पाल्पाका पूर्व जिल्ला शिक्षा अधिकारी तथा रामपुर नगर शिक्षा सल्लाहाकार टोपबहादुर श्रेष्ठ, नेपाल शिक्षक महासंघ पुर्व संघिय प्रतिनिधि महेन्द्रराज थापा, नेपाल शिक्षक महासंघ जिल्ला उपाध्यक्ष टंकनाथ पोखरेलले शिक्षक पेशाको इमान्दारिता टिकाईराख्न शिक्षकले नै ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल शिक्षक संघका नगर अध्यक्ष लेखनाथ रेग्मीको अध्यक्षतामा भएको उट्घाटन समारोह उपाध्यक्ष डोलराज कंडेलको स्वागत र सचिव डोलराज रेग्मीको सञ्चालनमा भएको हो।