2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा पहिलो पटक डिजिटल परिचय पत्र वितरण गर्दै रामपुर

पाल्पामा पहिलो पटक डिजिटल परिचय पत्र वितरण गर्दै रामपुर


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन २६ २०७९
1.1K

पाल्पा ।

जिल्लाको रामपुर नगरपालिकाले जिल्लामा नै पहिलोपटक नागरिकलाई डिजिटल परिचयपत्र वितरण शुरु गरेको छ ।

नगरपालिकाले दिने जेष्ठ नागरिक परिचय पत्र र अपाङ्गता परिचय पत्र शुक्रबार देखि डिजिटल वितरण गर्न शुरु गरेको नगरपालिकाले जनाएको छ ।

पहिले हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र वितरण गर्दै आएकोमा नगरपालिका कार्यालयमा डिजिटल मेसिन राखेर डिजिटल परिचयपत्र दिन थालिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएमा  डिजिटल परिचयपत्र उपलब्ध गराउन सकिने न्यौपानेले बताउनुभयो ।

प्रबिधिको विकास, कम्प्युटर अभिलेख र दिगो रहने हुँदा डिजिटल पत्र निर्माणमा नगरपालिकाले जोड दिएको छ । हातले बनाएका परिचयपत्र पानीले भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या थियो अब डिजिटल परिचयपत्र धेरै सहज हुनेछ । परिचयपत्र भिज्ने र ज्यातिने समस्या नहुने , टिकाउ हुने र नागरिकलाई प्रयोग गर्न पनि सहज हुने भएकाले डिजिटल परिचयपत्रको अवधारणा आएको हो ।

अनलाईन प्रविष्टिकरण गरिने भएकाले डिजिटल परिचय पत्र बारकोट मार्फत हेर्न सकिने र हराएमा पनि सजिलै प्रदान गर्न सकिने भएकाले धेरै सहज हुनेछ ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि वर्ग अनुसारको रातो, निलो, पहेँलो र सेतो परिचयपत्र र जेष्ठ नागरिकहरुका लागि पूर्ण विवरण सहितको डिजिटल परिचय पत्रको व्यवस्था गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुजा परियारले जानकारी दिनुभयो । हाललाई परिचयपत्र परिवर्तन गर्ने र नयाँ लिने सेवाग्राहीलाई नगरपालिकाबाटै डिजिटल परिचयपत्र लिन सक्ने गरि व्यवस्था गरिएको रामपुर नगरपालिकाका सूचना प्रविधि अधिकृत महेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो ।

शुक्रबार रामपुर नगरपालिका वडा नं. ३ का ७४ वर्षिय टोप बहादुर सिं ठकुरीले पहिलो डिजिटल परिचय पत्र प्राप्त गर्नुभएको छ । डिजिटल परिचय पत्र लिने आफु नगरको पहिलो सेवाग्राही भएकोमा खुशी लागेको उहाँले बताउनुभयो । यसको प्रयोग, अपडेट र सहजका लागि डिजिटल परिचय पत्र वितरण शुरु गरेको सफ्टवयर अफ नेपाल प्रालिका ईन्जिनियर गंगाराम रेग्मीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com