निस्दी गाउँपालिकाका स्नातकोत्तर उत्तीर्ण महिलालाई गाउँपालिकाद्दारा सम्मान
पाल्पा ।
निस्दी गाउँपालिकाका स्नातकोत्तर उत्तीर्ण महिला नारी दिवसमा सम्मानित हुनुुुभएको छ ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पालिकाले स्नातकोत्तर तह उत्तीर्ण गरेका १० जना महिलाहरुलाई सम्मान गरेको हो ।

सम्मानित महिलाहरुलाई नगद ५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि महिला उत्थान अभियान्त गीता पाण्डेले सामाजिक बिकासमा महिलाहरुको भूमिका महत्त्वपूर्ण रहने बताउनुुुयभभ । महिलाहरुको हक र अधिकार प्राप्त गर्न महिला आन्दोलनका उपलब्धिहरुलाई बिर्सन नहुने बताउदै पाण्डेले राजनीतिक चेतना समेत हुनुपर्ने बताउनुुुभयो।
गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आपसी सहकार्य गरि गाउँ, समाजको बिकासमा लाग्नुपर्ने बताए । कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी, झिरुबासका वडाध्यक्ष नबिन्द्र थापा सोती, कार्यपालिका सदस्य मिम्श्री बयम्बु, सम्मानित महिला विष्णु राना लगायतले आआफ्ना भनाइ राखेका थिए ।
गाउँपालिकाको बहुउद्देश्यीय सभा हलमा भएको कार्यक्रममा निस्दीका ७ वटै वडाका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत रहेको थियो । कार्यक्रम निस्दी गाउँपालिकाको आयोजना र निस्दी महिला समन्वय समितिको समन्वयमा भएको हो । समन्वय समितिका संयोजक तिर्सना खन्गाहाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिमला आचार्यले गर्नुभएको हो ।