2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिकाले मनायो ११३ औं श्रमिक महिला दिवस

रामपुर नगरपालिकाले मनायो ११३ औं श्रमिक महिला दिवस


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन २४ २०७९
1.4K

पाल्पा ।

११३ औं श्रमिक नारी दिवसको अबसरमा रामपुर नगरपालिकाले कार्यक्रम गरि दिवस मनाएको छ ।

“लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” भन्ने राष्ट्रिय नारा सहित मनाइएको दिवसमा महिला अगुवा नेतृ बिष्णुमाया ढकाल प्रमुख अतिथि रहनुभएको छ ।

कार्यक्रममा बोल्ने बत्ताहरुले महिला श्रम र योगदान अब शक्ति र अबसरमा जोड्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले महिलाका मुद्दा र भुमिका परिस्कृत हुँदै गएको बताउदै सुन्दर समाज परिकल्पनाका लागि नगरपालिका प्रतिबद्द रहेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण देवकोटा, रामपुर नगरपालिकाका प्रबत्ता तथा वडा नम्बर १ का अध्यक्ष कपिल बहादुर खाण, अनेमा संघ अध्यक्ष दुर्गा देवी राना, अनेमा संघ क्रान्तिकारीका अध्यक्ष गिता बिक, कालीगण्डकी फाउण्डेशन नेपालका उपाध्यक्ष पबित्रा ढकाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा सञ्चारिका समुहका उपाध्यक्ष सिर्जना घिमिरे, दियालो सामाजिक उद्यमी सहकारी सस्थाका अध्यक्ष इश्वरी खनालले बोल्दै बोलिने महिला अधिकार भन्दा भुमिका खुम्च्याइएको र नारीहरु अब्बल बन्न प्रेरित हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैबिचमा रामपुर नगरपालिकाले समाजमा विभिन्न माध्यमबाट सहयोग गर्ने महिलालाई सम्मान गरेको छ।
सहभागी महिला दिदीबहिनी र जनप्रतिनिधि बिच कुर्ची दौड खेल संचालन गरिएको थियो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य दुर्गा देवी भण्डारीको स्वागत र न्यायिक सचिवालयका कर्मचारी पार्वती परियारले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com