नारी दिवस र महिला अस्तित्व
काठमाडौं ।
अझै पनि हाम्रो गाँउघरमा पुरुषलाई खाना खान कुरेर भोकै बस्नु परेको छ महिला, सरस्वती, दुर्गा, सीता, साबित्रा जस्ता महान् सिर्जना हौ हामी नारी, महत्वपुर्ण नारी भएर बाच्न सक्छौ । व्यक्तिको सबै चिज परिबार, समाज हो, यही समाजको महिला र पुरुषलाई हेर्न दृष्ट्रिकोण फरक छ ।
हुन त नारी कोमल छन् सहनशील छन् र सहनेशक्ति पनि, जब सहने शक्तिको सिमा टुट्छ तब बिस्फोट भएर निस्कनु आबश्यक छ । महिला महिला भएकै कारण पुरुषबादी समाजले थिचोमिचोमा पारेको छ । जब महिला भगवानकै नाममा अन्यायको बिरुद्धमा अगाडी बढ्छन तब नारी अस्मिता खडा हुन्छ –अस्तित्वको लागि ।
सरकारले महिला हिंसा अन्त्य गर्न सन् २०१० लाई महिला हिसा अन्त्यको बर्ष, २०११ मा सय दिने अभियान, उलर्दाे सय दिन र हरेक बर्ष मार्च ८ लाई महिला श्रमिक दिबस त प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १६ सम्म घरेलु हिंसाको १६ दिने अभियान मनाउने गर्छ । यी अक्षर कोर्दा समेत देशका बिभिन्न स्थानमा महिला हिंसाको प्रयत्न नभएका छैनन् होला । आज मार्च ८ अन्तराष्ट्रिय नारी दिबस मनाइदैछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका लागि राष्ट्रिय नारा ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ तय गरेको छ ।
राष्ट्रिय नाराका सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्र्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो ।
आज मन्त्रालय, सातै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, ७७ जिल्ला समन्वय समिति, सात सय ५३ स्थानीय तह एवं वडा, नागरिक समाज, सामाजिक शैक्षिक तथा निजी सङ्घ संस्थालाई सचेतनामुलक कार्यक्रम गर्न सन्देश प्रवाह गरिएको छ।‘डिजिटल लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने अन्तर्राष्ट्रिय नारासहित यही मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस साझा अभियानका रूपमा मनाइने भएको छ ।
तर दिबस र कार्यक्रमको महत्व गाउँ-गाउँका कुना काप्चाका महिलालाई थाहै छैन । मार्च ८ र १६ दिने अभियानको अर्थ बुझेका छैनन् । दैनिक घरमा भात पकाउने, गोठमा गोबर फाल्ने, ठेलागाडाँको भरमा पेट पाल्ने मजदुरलाई अत्तोपत्तो छैन । मात्र राजनितिक रुपमा सचेत भएका एक तहका महिलाले मात्र मनाइरहेका छन् । आम नागरिक अझ महिला संग अभियानको अर्थ पुग्नुपर्छ ।