2

Logo २०८३ बैशाख १३ आइतबार
लैंगिकमैत्री समाचार लेखन तालिम पाल्पामा सम्पन्न

लैंगिकमैत्री समाचार लेखन तालिम पाल्पामा सम्पन्न


Sabalnews प्रकाशित मिति : सोमबार, फाल्गुन २२ २०७९
3.5K

पाल्पा ।

सञ्चारिका समूह नेपाल पाल्पाको आयोजनामा चलेको दिने लैंगिकमैत्री समाचार लेखन तालिम पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुहुदै तानसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा प्रवक्ता यादबसिं कार्कीले पत्रकारिता क्षेत्रमा जुझारु शक्ति उत्पादन गरी सत्य तथ्य समाचार सम्प्रेषणबाट सभ्य, सुचित र सुसंस्कृत समाज निर्माणमा पत्रकारको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगर विकास निर्माणका क्षेत्रमा भइरहेको कृषि, पशुपालन, विद्युत, खानेपानी , सडक , फोहर व्यवस्थापन लगायतका विषयमा जानकारी गराउँदै अवैध रुपमा सन्चालित गिटी बालुवा जफतबाट नगरपालिकाले ४२ लाख रुपैया आम्दानी गरेको बताउनुभयो ।

प्रशिक्षक सञ्चारिका समूहकी अध्यक्ष अमृता अनमोलले पत्रकार महिला टिकिराख्ने वातावरणमा गम्भीर बहस गर्नुपर्ने बताउनुभयो ।

पत्रकार अमृता अनमोल, पत्रकार महासङ्घका पूर्व सचिव किरण कौशलले समाचार लेखनशैली, समाचारका प्रकार , रिपोर्ट तयार , विषयवस्तुको उठान ,समाचारको प्रभावकारिता लगायतका विषयमा जानकारी सहित सहजीकरण गर्दै सहभागीहरुलाई प्रयोगात्मक अभ्यास गराउनुभयो ।

समूहकी अध्यक्ष विन्दु थापाले चालु आर्थिक वर्षमा नगरपालिकाबाट सञ्चार क्षेत्र विकासको लागि १३ लाख रुपैयाँ बिनियोजन भएको छ । सो बाहेक संचारिका समुहले दुई लाख रुपैयाँको बजेटबाट तालिम सञ्चालन गरेको बताउनुभयो ।

तालिममा सञ्चारिका समूहमा महिला पत्रकार ,फोटो ग्राफर , कार्यक्रम उत्पादक तथा प्रसारक, समाचारवाचक लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्रेस चौतारी सचिव नारायण न्यौपाने , पत्रकार रिमा सोमै , तानसेन वडा ३ वडाध्यक्ष बाबुरत्न शाक्य , पत्रकार नवराज ज्ञवाली लगायतले बजेटको सहि सदुपयोग गरी मानबिय बिकासलाइ मूल आधार बनाइ खोज तथा उपलब्धिमूलक समाचार लेखनमा तालिमले निखारता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम समापनका अबसरमा भएको साधारसभाले बिन्दु थापाको अध्यक्षतामा पुनः ११ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रीमा सोमै, महासचिव सीता डोटेल , कोषाध्यक्ष जमुना पाण्डे सहित अन्य सदस्यमा चयन गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com