2

Logo २०८३ बैशाख १३ आइतबार
पहाडमा सोमबार, मंगलबार तराईमा होली

पहाडमा सोमबार, मंगलबार तराईमा होली


Sabalnews प्रकाशित मिति : सोमबार, फाल्गुन २२ २०७९
680

पाल्पा ।

रङ्गै रंगको पर्व होली अर्थात् फागू पूर्णिमा आज देशका पहाडी भेगमा मनाइएको छ । के बच्चा के बुढापाका त के युवा? हरेक नागरिक रातो, हरियो, निलो, पहेलो सहित विभिन्न रङ्गमा पोतिएका देखिन्थे ।

देशभर बिभिन्न बाटोघाटो, जमघट स्त्थान, बनभोज स्त्थलमा रङ, अविरजात्रा गरि होली पर्व मनाइएको छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन पहाडमा र भोलिपल्ट तराईमा होलीपर्व मनाइन्छ ।

आपसी मेलमिलाप, भाइचारा र सद्भाव दर्शाउने होली पछिल्लो समय भड्किलो बन्दै गएको छ । उत्साह उमंगका लागि खेलिने होलीमा जबरजस्ती रंग दल्दिने देखि पैसा सन्कलनका नाममा असुल्ने प्रबृति बढी छ ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । तर, प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ । हिन्दूहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुँदा होलीमा साथीभाइ, आफन्तहरुले एक आपसमा रङ्गहरू लगाएर मनाउने गरिन्छ ।

बसन्त ऋतुको आगमन सँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो । होली कै भोलिपल्ट बाट वसन्त ऋतुको आगमन हुने विश्वास छ । फागुको मौलिक पन भने पछिल्लो समय हराउँदै गएको छ । हाम्रा पुर्खाहरुले मादल, डम्फु सहित परम्परागत रुपमा गाउँदै आएको फागु गित पछिल्लो समय हराउँदै गएको छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रुपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले बिदा दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले आपसमा खुशी साटासाट गरेर होली मनाउन आग्रह गरेको छ । लोला हान्ने, पानी छ्याप्ने, जथाभावी रङ दल्ने, बाटोमा ढुकेर यात्रु/ बटुवालाई रङ लगाउने, बाटो अवरोध गरी सवारी साधन बाट रकम असुल्ने जस्ता कार्य नगर्न नगराउन अनुरोध गरेको छ । अराजक कार्यमा भएको पाईएमा कार्वाही गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com