2

Logo २०८३ बैशाख १३ आइतबार
फागुन २३ देखि निस्दीका सबै वडामा स्वास्थ्य शिविर

फागुन २३ देखि निस्दीका सबै वडामा स्वास्थ्य शिविर


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन २१ २०७९
568

पाल्पा ।

पाल्पाको निस्दी गाउँपालिकाले पालिकाका प्रत्येक वडामा निशुल्क स्वास्थ्य शिविर राख्दैछ । आगामी फागुन २३ देखि ३० गते सम्म वडा वडाबाटै सेवा लिन पाउने गरि बृहत नि:शुल्क आँखा तथा प्रजनन् स्वास्थ्य शिविर राखेको पालिकाले जनाएको छ ।

दृष्टिमा समस्या भएका तथा प्रजनन् स्वास्थ्य समस्या भएका नागरिकलााई उपचार र सचेतना स्वरुप शिविर राखिएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिनुभयो ।

गाउँपालिकाको आयोजना, नेपाल परिवार नियोजन संघ, पाल्पा शाखा, पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राविधिक सहयोगमा चल्ने शिविर प्रत्येक वडा स्वास्थ्य चौकीबाट प्रदान गरिने निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले जानकारी दिनुभयो ।

शिबिर फागुन २३ गते निस्दी १ को बाकामलाङ स्वास्थ्य चौकी बाट शिविर सुरु हुनेछ । फागुन २४ मा क्रमश निस्दी २ को सहलकोट स्वास्थ्य चौकी, २५ गते निस्दी ३ को झिरुबास स्वास्थ्य चौकी, २६ गते निस्दी ६ को अर्चले स्वास्थ्य चौकी, २७ गते निस्दी ५ को गल्धा स्वास्थ्य चौकी, २८ गते निस्दी ७ को ज्यामिरे स्वास्थ्य चौकी, २९ र ३० गते निस्दी ४ मित्याल पालिकाको केन्द्र गौरीशंकर माविमा शिविर सञ्चालन हुनेछ ।

शिविरमा आँखा परिक्षण, विद्यार्थी र जेष्ठ नागरिकहरुका लागि निशुल्क चस्मा वितरण, मोतिया विन्दु भएको आँखाको निशुल्क अप्रेशन, महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण, महिलाहरुको आङ्ग खस्ने समस्याको परिक्षण उपचार तथा प्रेषण सेवा, यौनरोगहरुको परीक्षण, उपचार र व्यवस्थापन सेवा, परिवार नियजनका साधन अन्र्तगत पुरुषहरुको लागि स्थायी बान्ध्यकरण, महिलाहरुको लागि इम्पलाण्ट र आई.यू.सि.डी. सेवा प्रदान गरिनेछ । जाच उपचारपछि निशुल्क औषधी वितरण हुने स्वास्थ्य शाखा प्रमुख दिशाले बताउनुभयो ।

कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा आँखाको मोतिया विन्दुको अप्रेशन गर्नुपर्नेलाई प्रत्येक महिनाको २८ गते हुने शिबिरमा उपचार गरिने कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com