2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल निर्माण व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश अध्यक्षमा बलिभद्र राना

नेपाल निर्माण व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश अध्यक्षमा बलिभद्र राना


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन १८ २०७९
3.8K

बुटवल ।

नेपाल निर्माण व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश अध्यक्षमा बलिभद्र राना सर्वसम्मत चयन हुनुभएको छ। यसअघि पनि अध्यक्ष रहनुभएका राना दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।

राना गत मंसिर ४ को निर्वाचनमा नेकपा एमालेबाट दाङ क्षेत्र नं २ (१) मा प्रत्यक्षतर्फ प्रदेश सांसदमा उम्मेदवार थिए । तर पराजित भएका थिए । रानाले लुम्बिनी प्रादेशिक अस्पतालको करिब ७ अर्ब लागको ठेक्कामा मिलेमतो भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा देवीलाल न्यौपाने, उपाध्यक्षहरूमा नवराज श्रेष्ठ, नारायण पोखरेल, नारायण भुसाल, सहदेव खड्का, रवीन्द्र लम्साल, नवीन ज्ञवाली, प्रकाश साह, प्रवीण कुँवर, दिनेश हमाल, महासचिवमा भेषराज पौडेल र कोषाध्यक्षमा त्रिभुवन मिश्र निर्वाचित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com