मेयर कपमा क्रिकेट प्रतियोगिता शुरु
पाल्पा ।
मंगलबारदेखि शुरु भएको मेयर कप अन्तर्गत क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
मेयर कप अन्तर्गत फुटवल र भलिबल प्रतियोगिता रामपुर ७ किसानबारी खेल मैदानमा शुरु भएको छ भने क्रिकेट प्रतियोगिता रामपुर ५ मटेरी खेलमैदानमा खेलाइएको छ । बुधबार शुरु क्रिकेट प्रतियोगिताको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले उद्घाटन गर्नुभएको छ ।
रामपुर नगरपालिका ५ र ३ बिच भएको उद्घाटन खेलमा १९ रनले वडा नम्बर ५ ले जितेको छ । वडा नम्बर ३ ले दिएको १०९ को तार्गेट पछ्याएको वडा नम्बर ५ ले जित हात पारेको हो । जित संगै रामपुर ५ सेमिफाइनलमा प्रबेश गरेको छ ।
खेलमा बिजयी टिमका खेलाडी देवराज न्यौपाने म्यान अफ दि म्याछ भए । जहाँ न्यौपानेले ८ बलमा २२ रन जोड्न सफल भएका थिए ।
बुधबार नै भएको रामपुर नगरपालिका ६ र २ को खेलमा ६ ले बिजयी शुरुवात गरेको छ । ७४ रनको तार्गेटका साथ खेलेको रामपुर ६ ले ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको छ।
बिण्णु मल्ल म्यान अफ दि म्याच हुन सफल भए उनले एक्लै ३ विकेट लिएका थिए ।