2

Logo २०८३ बैशाख १५ मंगलबार
४१ औं मगर एकता दिवस रामपुरमा मनाइदै, मगरी प्रस्तुति र खानाका परिकार राखिने

४१ औं मगर एकता दिवस रामपुरमा मनाइदै, मगरी प्रस्तुति र खानाका परिकार राखिने

पाल्पाका सबै स्थानीय तहले दिए बिदा

Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन १४ २०७९
2.6K

पाल्पा ।

४१ औं राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा सोमबार  भव्यताका साथ मनाईने भएको छ । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको आयोजनामा ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागेको समाजले जनाएको छ ।

एकीकृत मगर उत्थान समाजको १५ औँ बार्षिक उत्सव तथा ४१ औँ राष्ट्रिय मगर एकता दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउन लागेको हो । विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि फागुन १५ गते रामपुर नगरपालिकाको मुख्य बजार बेझाँडमा भव्यताका साथ दिवस बनाउने तयारी भएको एकिकृत मगर उत्थान समाजका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले जानकारी दिनुभयो । मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यका दिवस विशेष कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ७ वटा विभिन्न उपसमिति गठन गरेको छ । कार्यक्रममा मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगाएतका विभिन्न झाँकीको प्रस्तुति रहनेछ । कार्यक्रमको पूर्व सन्ध्यामा मौलिक पोसाक सहित झाँकी र नौमती पञ्चे बाजा सहित सद्भाव र्‍याली निस्कनेछ ।

कार्यक्रमको अवसरमा विभिन्न मगरी खानाका परिकार विक्री तथा प्रर्दशनीमा रहनेछ । रामपुर ५ बेझाँड बजार, रामपुर युवा क्लवको मञ्च भवनमा हुने कार्यक्रममा ज्येष्ठ नागरिक एवं विद्यार्थी सम्मान सहित ख्यातिप्राप्त कलाकारहरु सालैजो तथा ठाडो भाका गायक प्रसाद खप्तरी मगर, लोकदोहोरी गायिका निरा थापा मगर र निलिमा थापा मगरको पनि प्रस्तुति रहनेछ । दिवसको पुर्वसन्ध्यामा आइतबार युवाहरुले मोटरसाइकल र्‍याली निकालेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com