2

Logo २०८३ बैशाख १४ सोमबार
मगर दिवसमा स्थानीय तहले दिए बिदा

मगर दिवसमा स्थानीय तहले दिए बिदा


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन १४ २०७९
890

पाल्पा ।

मगर दिवसको अवसरमा फागुन १५ गते लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानीय तहले बिदा दिएका छन् ।

भोली फाल्गुन १५ गते पर्न गएको ४१ औं मगर एकता दिवसको उपलक्ष्यमा पालिकाले अति अत्यावश्यक काम बाहेकका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिएको जनाएको छ ।

पाल्पा, रुपन्देही, स्याङ्जा, नवलपुर सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पालिका र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहले स्थानीय तथा सार्वजनिक बिदा दिएका हुन् ।

रुपन्देहीमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिकाले बिदा दिएका छन् ।
मगर समुदायको बाहुल्यता रहेको पाल्पामा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिकाले बिदा दिए ।

स्याङ्जाको चापाकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, बिरुवा गाउँपालिका, तनहुको म्याग्दे गाउँपालिकाले स्थानीय बिदा दिएका छन् ।

हाल्ल सम्म बिदा घोषणा गरेका नवलपुरका स्थानीय तहहरू गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, बौदिकालि गाउँपालिका र बुलिङ्गटार गाउँपालिका छन्।

नवलपुर जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ वटा स्थानीय तह रहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com