2

Logo २०८३ बैशाख १३ आइतबार
माथागढी चिदिपानीमा अचार बनाउने तालिम सकियो

माथागढी चिदिपानीमा अचार बनाउने तालिम सकियो


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९
652

पाल्पा ।

माथागढी गाउँपालिका १ चिदीपानीमा गाउँ उत्थान समन्वय समितिले आयोजना गरेको ७ दिने अचार बनाउने तालिम सकिएको छ ।

माथागढी गाउपालिका वडा न १ वडा कार्यालयको आर्थिक सहयोगमा अचार बनाउने तालिम भएको हो । कार्यक्रमको प्रमुख अतिथि माथागढी गाउँपालिका वडा न १ का वडा अध्यक्ष राजकुमार पन्थी रहनुभएको थियो । पन्थीले बोल्दै सीप बिकास तालिमको ब्यवहारीक पक्षले मात्र महिलाहरु उद्यमी हुने र जसले आत्मनिर्भर सहित आर्थिक बिकास हुने हुँदा सीप कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यपालिका सदस्य तुल्सा न्यौपानेले महिलाको चौतर्फी बिकासमा गाउपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रम समापनमा नेकपा एमालेका वडा कमिटी सचिब तपेस्वर बिर सारु, भञ्ज्याङ् पोखरा सहकारी सस्थाका ब्यवस्थापक देउ बहादुर कुवर,समाजसेवी कृष्ण गिरी पत्रकार जगन्नाथ काफ्ले,प्रशिक्षक बन्दना राना,तालिममा सहभागी साबित्रा न्यौपानेले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

तालिमले महिलाहरुमा उत्साहित बनाएको छ अब उत्पादन र बजार ब्यवस्थापनमा सरकारले सहजीकरण गर्नुपर्ने महिला उत्थान गाउ समन्वय समितिका अध्यक्ष सिता गिरिले बताउनुभयो । ७ दिनसम्म चलेको तालिममा ४० जना महिलाहरु सहभागी थिए । समन्वय समिति अध्यक्ष सिता गिरीको अध्यक्षता र सचिव श्रीमाया आलेको संचालनमा तालिम समापन कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com