2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर गौशालामा आजदेखि सप्ताहव्यापी ज्ञान प्रबचन यज्ञ, तयारी पुरा

रामपुर गौशालामा आजदेखि सप्ताहव्यापी ज्ञान प्रबचन यज्ञ, तयारी पुरा


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन ९ २०७९
708

पाल्पा ।

रामपुरकाे नगर गाैशालामा हुने श्रीमद भागवत कथा सप्ताह ज्ञान प्रवचन यज्ञकाे तयारी पूरा भएको छ ।

पत्रकार सम्मेलन गरि आयोजकले ७ दिन चल्ने सप्ताह ज्ञान प्रवाहबारे जानकारी दिएको हो । फागुन ९ गतेदेखि १५ गतेसम्म चल्ने सप्ताहमा कथा र ज्ञान आर्जन गरिने नगर गाैशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्याैपानेले जानकारी दिनुभयो ।

नगर गाैशालाकाे आयाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षकत्वमा ७ दिन सप्ताहकै रुपमा विधि पुर्वक हुने प्रबचनको लागि भागबत प्रबचन प्रखर बाचिका राधिका दासी सोमबार रामपुर आइपुग्नु भएको छ ।

यज्ञमा दैनिक विहान ७ बजेबाट ११ बजेसम्म पुजा आरधना, मध्यान्ह साढे १२ बजेबाट ४ बजेसम्म कथा प्रवचन, साझ ४ बजे देखि ५ वजेपछि प्रसादि वितरण र साझ ७ बजे देखि १० बजेसम्म भजनकृतन हुनेछ ।

मगलबार रामपुर ६ काे बुद्वपार्कबाट झाकि, कलशयात्रा शुरु गरेर तालपाेखरा परिक्रमा गरि गाैशालामा पुगेर कलशयात्रा यज्ञमा परिणत हुनेछ । यज्ञस्थल ताताेपानि धाम नगर गाैशाला यतिबेला ध्वाजापतकाले सजिसजाउ गरि बेहुलि झै सिगारिएकाे छ भने यज्ञमा पुग्ने बाटोमा गेट र ध्वजापताका टागिएको छ ।

धर्मकाे रक्षा र गाैप्रवचन तथा गाईकाे महत्त्वका विषयमा प्रबचन हुने कथा प्रबचन अबधिभर करिव ८ लाख देखि १० लाख सम्म खर्च हुने अनुमान आयोजकको छ ।

महायज्ञ पैसा संकलनकै लागि गरिने परिपाटी बढ्दो छ, हामीले गाईको महत्व र आवश्यकीय ज्ञान बाढ्ने र स्वतस्फुर्त नगद दान, अन्य सामाग्री, घर उत्पादन भएका जे केही बस्तु दान गर्न सकिने गरि सप्ताह व्यापी प्रबचन गर्न लागेका हौ अध्यक्ष न्यौपानेले भन्नुभयो । पत्रकार सम्मेलनमा पर्यटकीय तथा धार्मिक क्षेत्रकाे रुपमा परिचित गराउदै गाईकाे महत्वलाई बुझाउने लक्ष्यका साथ भजन कृतन सहित हुने यज्ञलाई पाल्पा, स्याङ्जा, तनहु सहित छिमेकी जिल्ला र क्षेत्रबाट समेत भक्तजन आउनुहुने उहाँले बताउनुभयो । यज्ञलाई भव्य र सब्य रुपमा सम्पन्न गर्नका लागि महिला समूह, टोल सस्थाहरुले दुनाटपरी बत्ति तरकारीहरु सहयाेग गर्ने अध्यक्ष न्यौपानेले बताउनुुुभएकाे छ ।

अध्यक्ष न्याैपानेले महायज्ञबाट जम्मा भएकाे ७५ प्रतिशत रकम अक्षयकाेषमा राख्ने र व्याजबाट गाइको खुरान र सरसफाइमा लगाइने र २५ प्रतिशत नगरगाैशालामा मर्मतमा लगाउने बताउनुभयो । यज्ञमा ईच्छुकहरुले सक्दो दान गर्न सक्ने र १ हजार माथि दान गर्नेलाई बाचिकाद्दारा रामनामीले सम्मान गर्ने,५ हजार १ सय माथी सहयाेग गर्ने आजिवन सदस्य र १० हजार माथि सहयाेग गर्ने विशिष्ट आजिबन सदस्य बन्ने प्रावधान रहेकाे जनाएकाे छ ।

पत्रकार भेटघाटमा यज्ञ अबधिभर सुरक्षा व्यवस्था मिलाइनेछ ।
नगर गौशाला संचालन तथा व्यबस्थापन समिति अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षता, समितिका सदस्य पिताम्बर भण्डारीकाे स्वागतबाट शुरुभएकाे पत्रकार सम्मेलनको सन्चालन समितिका सचिव बासुदेव ढकालले गर्नु भएकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com