2

Logo २०८३ बैशाख १४ सोमबार
गण्डक नहरमा २ छोरा सहित हाम फाल्ने ३ जनाकै शब भेटियो

गण्डक नहरमा २ छोरा सहित हाम फाल्ने ३ जनाकै शब भेटियो


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन ९ २०७९
1.7K

नवलपरासी।

जिल्लाको सुस्ता गाउपालिका २ हरकपुरा स्थित गण्डक नहरमा २ छोरा सहित हाम फाल्ने महिला सहितको शब फेला परेको छ ।

सुस्ता २ महलबारीकी २९ बर्षकी मानसिक सन्तुलन सामान्य नरहेकी प्रतिमा थारु आफ्नो दुई छोरा ९ बर्षका क्रिश थारु र बर्ष ७ बर्षका सुमित थारु सहित मंगलबार दिउँसो झण्डै २ बजे नहरमा हाम फालेको प्रहरीले जनाएको छ ।

छोरा सहित साथमा लिई पानीमा हाम फालि बेपत्ता भएका थारुको घटनास्थलदेखि अन्दाजी सय मिटर तल नहरमा आफ्ना दुवै बालकलाई हातमा सलको डोरी बाधेको मृत अवस्थामा तीनै जनालाई फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

स्थानीयले खबर गरे लगत्तै प्रहरी चौकी कुडिया र ई.प्र.का. बेलाटारीबाट पुगेको प्रहरी र स्थानीयले उनीहरुको खोजी गरेका थिए । प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई फेला पारी बाहिर निकालेको हो ।
प्रहरीका अनुसार थारुका श्रीमान तिर्थराम थारु रोजगारीको शिलशिलामा भारत रहेका छन् । हाल घरमा सासु मात्र छिन् ।

निज महिला छोराहरु सहित के कति कारणले नदीमा हाम फालेको भन्ने कुराको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षकले भोजराज पाण्डे बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com