समृद्धिका लागि काग्रेंसले आर्थिक क्रान्तिको जिम्मेवारी लिनुपर्दछ– माननीय बिनोद चौधरी
पाल्पा ।
नेपालका उद्योगपति तथा प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले मुलुकको समृद्धिको लागि नेपाली काग्रेंसको सरकार हुनुपर्ने बताउनुभएको छ ।
मुलकुको विकास काग्रेंसकै पालामा भएको स्मरण गर्दै चौधरीले नेपाली काग्रेंसले जिम्मेवारी लिएर सबै राजनितिक दललाई जोड्नुपर्ने बताउनुभयो ।
पाल्पाको रामपुरमा भएको रामपुर महोत्सव तथा व्यापार मेलाको सोमबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरी नेपालको ठुला–ठुला आर्थिक र राजनितिक परिवर्तनको जिम्मेवारी बोकेको नेपाली काङ्ग्रेस पार्टीले फेरि अर्काे चरणको आर्थिक क्रान्तिको जिम्मेवारी लिनुपर्दछ भन्नुभयो । जिम्मेवारीमा सबै पार्टीलाई जोड्नुपर्दछ चौधरीले थप्नुभयो– जोडिकन यस्तो वातावरण बनाउनुपर्दछ की कुनै पनि नेपालका छोरा छोरी र बुहारीले नेपाल छोडेर बाहिर काम गर्न जान नपरोस् । हाम्रो प्राथमिकता त्यही हो चौधरीले भन्नुभयो ।

यही धरातलमा उभिएर आफुले काम गरेको बताउदै उहाँले नैतिक बोध र जिम्मेवारीले गर्दा एउटा ब्राण्ड चिनाउने मात्र होइन काम गर्न र गर्ने वातावरण गराउनुपर्छ भनेर राजनितिमा आएको बताउनुभयो । विकास र वातावरण बनाउन राजनितिक यस्तो महत्वपुर्ण भुमिका भएकाले विकास र समृद्धिलाई जोड्न राजनिति गरेको बताउनुभयो ।
राजनिति महत्वपुर्ण कुरा भएकोले यसको “टिकाटिप्पणी” मात्र नभई विकासलाई केन्द्रमा राखेर काम गरे धेरै अगाडी पुग्न सकिने चौधरीको भनाई थियो । देशको बार्षिक कुल खर्चको १५ प्रतिशत खर्च हुन सक्दैन । नेपालमा स्रोत साधनको कमी नभई त्यसको व्यवस्थापनमा कमजोरी भएकोले अबको पुस्ता जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
राजनितिलाई विकास सँग र विकासलाई उद्यम र व्यवसायिक सँग र यी दुइैलार्ई आर्थिक समृद्धिसँग जोड्ने सामुहिक अभिभारा सबैको भएको उल्लेख गर्दै नेता चौधरीले उद्योग वाणिज्य संघले धेरै काम गर्न उत्साही हुनुपर्नेमा जोड दिनुभयो ।
२०४६ सालमा उद्योग वाणिज्य महासंघको सबैभन्दा कान्छो अध्यक्ष भएर नेतृत्व गरेको स्मरण गराउदै सांसद चौधरीले रामपुर क्षेत्र संभावना भएको उपत्यका रहेको बताउनुभयो । संभावना छ भने त्यसमा काम गर्नुपर्छ , सोचले संकल्प, संकल्पले हामी इमान्दार भयौ भने स्रोत साधन दिन्छ, संघले उद्यमी, व्यवसायी र उपभोत्तासँग जोड्ने काम गर्ने बताउदै उहाँले सबैको सपना विकास र आर्थिक समृद्धि भएकोले सपनालाई जोड्ने टेक्नोलोजी छ, छिमेकी ५ जिल्लाले रामपुरलाई जोड्ने र रामपुरले केन्द्रलाई जोड्न के गर्नुपर्छ? त्यसमा संघ लाग्नेमा विश्वस्त रहेको बताउनुभयो ।
संभावनालाई पहिल्याएर प्रविधिलाई जोड्ने र उत्पादन, सीप र योजना व्यापक रुपमा परिणत गर्दै लैजानुपर्ने उहाँको भनाई छ । केही छैन केही हुदैन भन्ने लघुतावास छोड्न आग्रह गर्दै चौधरीले रामपुर उपत्यकाको विकासलाई छेक्न रोक्न कसैले नसक्ने बताउनुभयो । सोच र दुरदृष्टिले खोजी गरि विकासमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।