2

Logo २०८३ बैशाख १३ आइतबार
अन्तर जिल्ला भलिबलको उपाधि सोझो सेटमा स्याङ्जालाई

अन्तर जिल्ला भलिबलको उपाधि सोझो सेटमा स्याङ्जालाई


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन ७ २०७९
1.1K

पाल्पा ।

अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी स्याङ्जाले जितेको छ ।

पाल्पाको रामपुरमा चलिरहेको रामपुर महोत्सव तथा व्यापार मेलाका अबसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा नवलपुरलाई पछि पार्दै स्याङ्जाले जित हात पारेको हो ।

जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजनमा भएको खेलको फाइनलमा स्याङ्जा र नवलपुर भिडेका थिए । फाइनलमा २५-२०, २५-१४ र २५-१५ को सोझो सेटमा स्याङ्जाले जित हात पारेको हो।

स्याङ्जा र पाल्पा बिचको सेमिफाइनलमा पाल्पालाई हराउदै स्याङ्जा फाइनलमा प्रबेश गरेको हो भने बाग्लुङ र नवलपुर बिचको खेलमा बाग्लुङ्लाई हराउदै नवलपुर फाइनलमा प्रबेश गरेको हो ।

बाग्लुङ र पाल्पा बिचको खेलमा ३-१ सेटले जितेर पाल्पा भलिबल संघ तृतीय भएको छ । प्रतियोगितामा पाल्पा सहित ७ जिल्ला भलिबल संघले भाग लिएका थिए ।

माघ २७ देखि फागुन ८ सम्म सञ्चालन भईरहेको महोत्सवको फागुन ३ गतेदेखखि भलिबल शुरु भएको थियो ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिजयी खेलाडीलाई रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा र मुख्य प्रायोजक रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले पुरस्कार प्रदान गर्नुभयो ।

विधागततर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com