2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर महोत्सवमा आयोजित लोकदोहोरीमा प्रथम बन्यो रुपन्देही

रामपुर महोत्सवमा आयोजित लोकदोहोरीमा प्रथम बन्यो रुपन्देही


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन ७ २०७९
3.8K

पाल्पा ।

पाल्पाको रामपुरमा चलिरहेको तेस्रो रामपुर महोत्सब तथा व्यापार मेलामा आयोजित खुला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले प्रथम स्थान हासिल गरेको छ । आइतबार भएको लोकदोहोरी गीतको फाइनल घम्साघम्सीमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको टिमलाई पछि पार्दै प्रतिष्ठान रुपन्देहीको टिम प्रथम भएको हो  ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका महिला कलाकार आरती रुचाल र पुरुष कलाकार दिवाकर पराजुलीको टिमले गरि कुल ६५७ अङ्क र लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका महिला कलाकार कोपिला न्यौपाने र पुरुष कलाकार भुवन अधिकारीले ६५५.५ अङ्क ल्याएर द्दितिय हुनुभएको हो ।

दिइएको बिषयबस्तु भित्र १५ टुक्कामा प्रतिस्पर्धा गरेका दोहोरी कलाकारको फाइनलमा १.५ अङ्कले रुपन्देहीको टिमले रामपुर महोत्सवको लोकदोहोरी गीतको प्रथम पुरस्कार प्राप्त गरेको हो । बिजयी घोषणा संगै प्रथम हुने टोलीले नगद ४१ हजार र द्दितिय हुनेले २५ हजार साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका छन् ।

फागुन २ गतेदेखि शुरु भएको दोहोरी गीत प्रतियोगितामा ८ समुहले भाग लिएका थिए । दोहोरीगीत प्रतियोगिताका निर्णायक तथा लोक दोहोरी गीतका यस भेगका बादशाह नारायण खनाल लेकालीले गण्डकीबेशीमा लोक दोहोरीको माग सदैब हुने बताउदै महोत्सवमा आयोजित प्रतियोगिताले लोकदोहोरीको जगेर्नामा थप हौसला दिएको बताउनुभयो ।

लोक तथा दोहोरी गीतको खानी पच्चिम नेपालका यस भेगमा दोहोरी गीतलाई धेरै रुचाइने क्षेत्र हो । पाल्पाको रामपुरमा २०६४ सालको महोत्सवमा समेत दोहोरी गीत प्रतियोगीता भएको थियो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा माघ २७ देखि जारी महोत्सव फागुन ८ गते सोमबार सकिदैछ । महोत्सवमा लोकदोहोरी प्रतियोगिता संगै नृत्य प्रतियोगिता, अन्तर जिल्ला भलिबल प्रतियोगिता समेत भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com