2

Logo २०८३ बैशाख १३ आइतबार
फागुन १५ मगर दिवस यसबर्ष पनि दियो रानपाले सार्वजनिक बिदा

फागुन १५ मगर दिवस यसबर्ष पनि दियो रानपाले सार्वजनिक बिदा


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन ७ २०७९
1K

पाल्पा ।

मगर समुदायको बाहुल्यता रहेको पाल्पाको रामपुर नगरपालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिने भएको छ ।

नगरपालिकाले बिगतका बर्षमा जस्तै राष्ट्रिय मगर एकता दिवसका अवसरमा फागुन १५ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

विगत केही बर्षदेखि निरन्तर रुपमा फागुन १५ गते दिदैँ आएको बिदालाई नगरपालिकाले कार्यपालिका बैठकमा निर्णय गरेर बिदालाई निरन्तरता दिने भएको हो ।

यस क्षेत्रमा बसोबास गर्ने मगर समुदायले उक्त दिन उत्सवको रुपमा मनाउने भएकोले कार्यापालिका बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

फागुन १५ लाई यस क्षेत्रमा बसोबास गर्ने मगर समुदाय र मगर समुदायका विभिन्न संघ सस्थाले विभिन्न सांस्कृतिक झाँकी सहित भव्यताका साथ दिवस मनाउने गर्दछन् ।

यस बर्ष पनि एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघको संयुक्त आयोजनामा राष्ट्रिय मगर एकता दिवस मनाउने तयारी रहेको एकिकृत मगर उत्थान समाज रामपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com