तेस्रो रामपुर महोत्सवमा आज चर्चित गायिका रचना रिमाल आउने
पाल्पा।
तेस्रो रामपुर महोत्सवमा प्रस्तुति दिन आज आइतबार चर्चित गायिका रचना रिमाल आउने भएकी छ्न् ।
महोत्सवका सांस्कृतिक उपसमिति संयोजक दिपक के.सी. का अनुसार फागुन ७ गते आइतबार बिदाको दिन अहिलेकी चर्चित गायिका रचना रिमाल लोक तथा दोहोरी गायक तेजस रेग्मी, गायक जीवन सिग्देल, लोक दोहोरी गायिका अस्मिता धुर्लाकोटी, अनिस बिष्ट लगायतका कलाकार छन् ।

फाल्गुन ८ गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक विभिन्न परिकार सहितको ३०० स्टल रहेको छ ।
यता महोत्सवमा अवलोकन गर्ने दर्शकहरु दिन घर्किदै जादा थपिदैछ्न् । महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवको नवौं दिन २५ हजारले मेला हेरेका छन् ।