खुला नृत्य प्रतियोगिताको प्रथम पुरस्कार चापाकोटकी श्रेयालाई
पाल्पा ।
रामपुर महोत्सवमा संचालन भएको विद्यालय स्तरीय खुला नृत्य प्रतियोगितामा चापाकोटकी श्रेया थापाले प्रथम पुरस्कार प्राप्त गरेकी छन् ।
उद्योग वाणिज्य संघ रामपुरले तेस्रो महोत्सवको अबसरमा आयोजना गरेको प्रतियोगितामा प्रतिस्पर्धामा पछि पार्दै सिद्धबाबा माबिकी विद्यार्थी थापाले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । प्रतियोगितामा द्दितिय रामतुलसी माविका विद्यार्थी आकृती राना, तृतीय सहिद बहुमुखी क्याम्पसकी विद्यार्थी भुमिका सुनार र सान्त्वना सीताराम माबिका विद्यार्थी स्मृती श्रेष्ठ हुन सफल भएका छन् ।
बिजयी प्रतियोगीलाई रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले नगद पुरस्कार, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभएको छ ।