2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर महोत्सव तथा व्यापार मेलामा कृषि तथा पशुपालन तर्फ उत्कृष्ट कृषक पुरस्कृत

रामपुर महोत्सव तथा व्यापार मेलामा कृषि तथा पशुपालन तर्फ उत्कृष्ट कृषक पुरस्कृत


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन ६ २०७९
5K

पाल्पा ।

११ दिने रामपुर महोत्सव तथा व्यापार मेला २०७९ को अबसरमा उत्कृष्ट कृषक पुरस्कृत भएका छन् । महोत्सवमा प्रर्दशनीमा राखिएका कृषि तर्फ बाली, फलफुल र पशुपक्षी पालक उत्कष्ट कृषकलाई मुल्याकंनका आधारमा सम्मान गरिएको हो ।

महोत्सव शुरु भएको गत माघ २७ देखि २९ गतेसम्म प्रदर्शनीमा राखिएका कृषि उपजहरुको मुल्यांकन गरी किसानलाई शुक्रबार पुरस्कार वितरण गरिएको हो । कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले उत्कृष्ट किसानलाई पुरस्कार वितरण गर्नुभयो । जसमा यस क्षेत्रका किसान बिभिन्न विधाबाट पुरस्कृत हुनुभएको छ ।

पशुपालनतर्फ गाईभैसी पालनमा प्रथम भट्टराई उन्नत गाईफार्म रामपुर ७, द्वितिय होलस्टिन गाई तथा भैसीफार्म रामपुर ४ र तृतीय चुरामणि कृषि तथा पशुपंक्षि कृषिफार्म रामपुर ७, बंगुरपालनमा उत्कृष्ट कृषि तथा पशुपंक्षि फार्म रामपुर ७, बोकापालनमा प्रथम लिला श्रेष्ठ रामपुर ४, द्वितिय नारायण भण्डारी रामपुर ५, तृतीय पार्वती मल्ल रामपुर ४ र सान्त्वना दाजुभाइ सप्लायर्स, बाख्राको खोर व्यवस्थापनमा प्रथम जि एग्रोगट फार्म, दित्तिय निर्मल पशुपंक्षि फार्म, तृतीय कृष्णगण्डकी बाख्रापालन फार्म र सान्त्वना युवा समृद्धि बाख्राफार्म भएका छन् । प्रतियोगीतामा प्रथम, दित्तिय, तृतीय र सान्त्वनाले क्रमशः नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार ५ सय नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।

किसानले प्रदर्शनमा राखेका तरकारी बाली तर्फ निस्दी २ का दुर्गाबहादुर मश्राङ्गी गोलभेडा खेती तर्फ, रामपुर ६ का धनमाया पोखरेल लौका खेतीमा उत्कृष्ट र ब्रोकाउली खेतीमा रामपुर ६ का भगवती देवकोटा र रामपुर ६ का गिता अधिकारी फलफूल खेती तर्फ, केराखेती जिनाईनमा उत्कृष्ट किसान रामपुर ५ का सोमबहादुर सेन, स्थानीय केराखेतीमा उत्कृष्ट निस्दि २ का हेमबहादुर राना, स्थानीय मेवामा उत्कृष्ट रामपुर ६ का थुमकला पाण्डेय, कागतीमा उत्कृष्ट रामपुर ६ का चित्रादेवि देवकोटा, मसलाबालितर्फ अदुवामा उत्कृष्ट निस्दी २ का राममाया लामिछाने, बेसारमा उत्कृष्ट रामपुर ६ का शिवप्रसाद बस्याल र रामपुर ५ का माया पाठक, लसुनमा उत्कृष्ट रामपुर ६ का घनश्याम देवकोटा, खाद्यान्नबालीमा मकै खेतीमा उत्कृष्ट रामपुर ६ का चित्रादेवि देवकोटा, फापर खेतीमा उत्कृष्ट रामपुर ५ का जगन्नाथ गैरे र रामपुर ७ का बालिकदेवि रेग्मी, च्याउ खेतिमा उत्कृष्ट निस्दी ५ का शेरबहादुर सोती, पुष्पखेतीमा उत्कृष्ट रामपुर ४ का सुकमाया सारु, त्यस्तै शान्ति चितौरे, लालबहादुर थापा पुरस्कृत हुनुभएको छ ।

जरेबालितर्फ मुलाखेतिमा रामपुर ६ का भगवती बस्याल, तरुलखेतीमा उत्कृष्ट रामपुर ६ का घनश्याम बस्याल, गाजरखेतीमा उत्कृष्ट रामपुर ८ का बन्दना पोखरेल, पिडालुखेतीमा उत्कृष्ट रामपुर ४ का जिता सार्की भएको छ ।
कृषि मेला प्रदर्शनीका संयोजक सुर्यप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम गरि पुरस्कार वितरण गरिएको हो ।

कृषि तथा पशुपंक्षिपालक कृषकलाई व्यवसायमा प्रोत्साहन गर्न प्रदर्शन सहित पुरस्कृत गरिएको हो । जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ आउदो फागुन ८ गते सकिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com