2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर महोत्सवमा फागुन ५ गते शुक्रबार सबै धमाकेदार कलाकार आउने

रामपुर महोत्सवमा फागुन ५ गते शुक्रबार सबै धमाकेदार कलाकार आउने


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन ४ २०७९
505

पाल्पा ।

जारी रामपुर महोत्सव तथा व्यापार मेलाको आठौं दिन फागुन ५ गते राष्ट्रिय स्तरका सबै चलेका कलाकारको प्रस्तुति रहनेछ ।

नेपाली गित संगीतका धमाकेदार कलाकारहरु शुक्रबार रामपुर महोत्सवमा रम्ने रमाउने रामपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेन्द्र देवकोटाले जानकारी दिनुभयो । शुक्रबार लोक तथा दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष बद्री पङेनी, आधुनिक तथा गजल गायक राज सिग्देल सहितका कलाकार हुनेछन् ।

शुक्रबारको प्रस्तुतिमा लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर, लोकदोहोरी गायक राजन कार्की, मोडल बिमल अधिकारी र अञ्जली अधिकारीको प्रस्तुती रहनेछ ।
उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा माघ २७ देखि जारी महोत्सव मेलामा स्थानीय उत्पादन, व्यापार व्यबसायका स्टलमा बिक्री भइरहेको छ ।

यसैबीचमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता एवं नृत्य प्रतियोगीता पनि संचालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com