2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको रामपुरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु

पाल्पाको रामपुरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन ३ २०७९
939

पाल्पा ।

पाल्पाको रामपुरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । पाल्पाको रामपुरमा उद्योग वाणिज्य संघले सञ्चालन गरेको रामपुर महोत्सव तथा व्यापार मेलाको अबसरमा जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा भलिबल प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य-सचिव जयप्रकाश भट्टराईले उट्घाटन गर्नुभयो । प्रतियोगिताको उट्घाटन गर्दै भट्टराईले खेलकुद राष्ट्रलाई चिनाउने माध्यम भएको बताउनुभयो । उहाँले खेलकुदको विकासको र खेलाडी उत्पादनमा स्थानीय स्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले खेलकुदको विकास र युवा उत्साहलाई प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ शुरु भएको प्रतियोगितामा १० जिल्लाका भलिबल संघको सहभागिता रहेको छ ।

पाल्पा जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रायोजनमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेल पाल्पा र नवलपुर बिच भएको थियो ।

खेलमा नवलपुरले पाल्पालाई २-० को सोझो सेटमा पराजित गरेको छ । २५-१९ र २५-२० अंक सहित पाल्पालाई पराजित गरेको हो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको स्वागत र दुर्गेश मल्लको सञ्चालनमा भएको हो । प्रतियोगितामा पाल्पा सहित स्याङ्जा, तनहुँ, नवलपुर, गुल्मी, रुपन्देही, कपिलवस्तु, कास्की, बाग्लुङ र पर्वत जिल्लाको सहभागिता रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com